दार्जीलिङ, 21 मार्च(निसं):गत बिहीबार साँझ सात बजी लप्चु चियाबारीको पारी डाँडा गाउँ वार्ड नम्बर 6 निवासी रञ्जीत राई (45) को घर आगलागीमा परेर स्वाहा भएको समाचार प्रकाशमा आएकोछ । प्राप्त जानकारी अनुसार, घट्ना हिजो साँझ लगभग सात बजी भएको बताइएको छ। अचनाक रञ्जित राईको घरमा आगो लागेको देखिए पछि गाउँ घरमा खैला-बैला मच्चिए भने आगोले विकराल रुप लिएको थियो। दुई तले घरको माथिल्लो तला जलेर स्वाहा भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन। गत दिनमा आएको मुसलधारे पानी अनि हावा हुण्डरीको कारण सर्वत्र क्षेत्रमा विद्युत सर्वाराह ठप्प रहेको कारण चारैतिर अन्धकार रहेको थियो। अन्धकारको कारण उद्दार कार्यमा समस्या भए तापनि परिवार सुरक्षित रहेको बताइएको छ् । तथापि,परिवारको एक सदस्य सञ्जित राई (40)-लाई अस्पताल लगिएको स्थानीय बिजु गुरुङले जानकारी दिएका छन् । उक्त आगलागी मोम बत्तीबाट भएको परिवार पक्ष अनि स्थानीयहरुको भनाई छ् ।
आज घट्नाको जानकारी पाएर तक्लिङ-पेशोक समष्टि सभासद मनि प्रसाद राईले घटना स्थलको जानकारी लिए भने रङ्गलीयट-रङ्गलीयट प्रहरी चौकीबाट पनि अधिकारीहरुले भ्रमण गरेको बताए साथै स्थानीय लामाहट्टा ग्राम पञ्चायत सदस्य लक्ष्मी राईले घट्ना स्थलको विस्तृत जानकारी सङ्कलन गरेर सम्बन्धित निकाय समक्ष दिएको जानकारीछ। यसबारे जानकारी लिन स्थानीय पञ्चायत समिति सदसय सुजन थापासँग सम्पर्क गर्दा हुन् सकेनन् । सदस्य थापा पनि हिजो आगलागी हुँदा घट्नास्थल पुगेका थिए ।












