लोवर चुङथुङ सिरिसेमा बीजीपीएमको प्रशाखा गठन

Share this news

चुङथुङ,21 मार्च(निसं): भरतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) चुङथुङ- मेरिबुङ-तामसाङ समष्टि अहिले सक्रिय रूपले अघि आएकोछ। यस विधान सभा चुनावमा आफ्नो उम्मेदवार बिजय कुमार राईलाई विजयी तुल्याउन समष्टिले निरन्तर रूपमा सभा गर्ने र कमिटी गठन गर्ने कार्यक्रम गरिरहेको छ। यस सन्दर्भ लोवर चुङथुङ अन्तर्गत बुथ नम्बर 23/64 कोे एक बैठक विकाश तामाङको सभापतित्वमा सम्पन्न भयो। यस सभामा विशेष रूपमा सभासद सन्दीप क्षेत्री कर्मध्यक्ष, अरुण छेत्री लगायत चुङथुङ ग्राम पञ्चायत सदस्य छुमिला लेप्चा आदिको विशेष उपस्थिति रहेको थियो।
सभामा बीजीपीएम सिरिसे प्रशाखा गठन गरियो। प्रशाखा कमिटीमा पदाधिकारीहरू यसप्रकारले चयन गरियो भने सभापति  बिधान लामा,उप-सभापति नोर्देन तामाङ,सचिव सचिन तामाङ,सह-सचिव सुदेश तामाङ,कोषाध्यक्ष  गंगा तामाङ अनि 20 जना  कार्यकारिणी सदस्यहरुलाई लिएर कमिटी गठन गरियो। यसदिन समष्टि सभासद सन्दिप छेत्रीले आ-आफ्नो जिम्मेवारी अनुसार सक्रिय रूपमा कार्य गर्नु पर्ने सुझाव दिए। आगमी 23 अप्रेल हुने विधान सभा चुनावमा हर तरहले बुथ तथा उम्मेदवार बिजय कुमार राईलाई विजयी गराउनु पर्ने उनले सुझावहरु राखे। बैठकमा सबै सदस्यहरूले आ-आफ्नो धारणा राख्दै आगामी चुनावमा आफ्नो पार्टीलाई प्रभावकारी बनाउन पदाधिकारी लगायत सबै एकजुट भएर अघि आउनु पर्ने मन्तव्य राखे।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ