कालेम्पोङ विधानसभा र भागोप्रमो उम्मेदवारः विनय तामाङको केलाइकुलाइ

Authored By: - विनय तामाङ

Share this news

भाग : (१)
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पहिलोपल्ट चुनावमा भाग लिदैछन् आफनै उम्मेदवार आफनै चिन्हमा – हिल तृणमुल काँग्रेससित गठबन्धनमा

किन पहिलोपल्ट भने यो लेखमा लेखिदिएको छु । भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफनै वलवुत्तामा भारतको चुनाव आयोगद्वारा गरिने चुनावमा भाग लिएको यो पहिलोपल्ट हो । भारतको चुनाव आयोगद्वारा गरिएको पछिल्ला चुनावहरूमा गोजमुमो (विनय खेमा) मा लड़ेका थिए भने २०२४ को लोकसभा चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले उम्मेद्वार दिएतापनि तृणमुल काँग्रेसको उम्मेदवारको भएर लड़ेका थिए । त्यस समय त्यो रणनीति फेल भएको थियो । यसपाली उम्मेदवारहरूपनि आफनै चुनाव चिन्हपनि आफनै – गठबन्धन तृणमुल काँग्रेसको – जो तृणमुल काँग्रेसका नेत्री ममता व्यानर्जीले टिकट वितरणको समय स्पष्ट रूपमा दार्जिलिङ पहाड़को तीनवटा विधानसभाको सीट अनित थापा अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई दिएको भनिदिएकी छिन् । यो अर्को रणनीति २०२६ मा भागोप्रमोको रहिआएको छ ।
जीटीए , पञ्चायत अनि नगरपालिका चुनाव त राज्य सरकारको अधिनस्थ गरिने चुनावहरू हुन – झन जीटीएको चुनाव त चुनाव आयोगलाई चिलाई न कनाई । नगरपालिका अनि पञ्चायत चुनावहरू चुनाव आयोगको मापदण्डहरू मुताबिक भएतापनि विधानसभा र लोकसभाका चुनावहरूमा जस्तै प्रत्यक्ष परोक्ष रूपमा हस्तक्षेप गर्दैनन् – राज्यलाई स्वतन्त्र रूपमा काम गर्न दिने गर्छन – उदाहरण स्वरूप त्यसैले गर्दा आजसम्म कालेम्पोङ,खरसाङ अनि मिरिक नगरपालिकाहरूको चुनाव भएका छैनन् ।

२०२१ मा चुनावमा भाग लिॅदा त्यस समय रूदेन सादा लेप्चा, केशवराज पोखरेल अनि छिरिङ दाहाल – गोजमुमो (विनय खेमा) का उम्मेदवारहरू हुन् । रूदेन सादा लेप्चाले दोस्रोपल्ट चुनावमा प्रतिस्पर्धा गरिरहेतापनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट चयनित पहिलोपल्ट उम्मेदवार हुन – भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दोस्रोपल्टको उम्मेदवार हुन भनेर नैतिक तौरमा भन्न मिल्दैन।

कालेम्पोङबाट रूदेन सादा लेप्चाले फेरिपनि जीत हासिल गर्छन भन्ने जुन ठोकुवा गर्दैछन् – यस्तो ठोकुवा गर्नु सायदै अपरिपक्व राजनैतिक विश्लेषण हुन्।

किन रूदेन सादा लेप्चाको जीतको ठोकुवा गर्नु राजनैतिक अपरिपक्वता हुन यसका धेरै कारणहरू छन् ।२०२१ मा विनय तामाङको नेतृत्वमा उक्त चुनाव लडेका थिए । त्यससमय चुनाव रणनीतिकार नै विनय तामाङ थिए । रूदेन सादा लेप्चाले उनको निकटम प्रतिद्वन्दी भाजपा अनि सहयोगी दलहरूका उम्मेदवार शुभ प्रधानलाई केवल ३८७० भोटको अन्तरले मात्र जितेका थिए । रूदेन सादा लेप्चाले फेरिपनि जित्नेछ भन्नु राजनैतिक अपरिपक्वता किन हो भने विनय तामाङ यस चुनावमा उनीसित छैन – कालेम्पोङ कम वा वेस विनय तामाङको समर्थक वा समुह अझैपनि छन् जसले उनलाई यसपटक भोट दिइनेछैन । २०२१ मा तेस्रो स्थान ओगटेका गोजमुमोले यसपटक भारतीय जनता पार्टीलाई सहयोग गर्ने भएका छन् । अन्य निर्दलीय उम्मेदवारहरू लगायत नोटामा १४ हजार भन्दा ज्यादा मत गएका थिए – अब यी मतहरू २०२६ मा कता जाने हो – योपनि हेर्नु छ ।

भनौ २०२१ मा जस्तो स्थिति थियो त्यस किसिम अनुकुल स्थिति २०२६ मा पटक्कै छैन् भागोप्रमो अनि रूदेन सादा लेप्चाको ।Anti-Incumbency को जालमा भागोप्रमो र रूदेन सादा लेप्चा परिसकेका छन् । IGJF अनि अजय एडवार्डको बढ्दो लोकप्रियतालाई भागोप्रमो,रूदेन सादा लेप्चा अनि अन्य दलहरूले नजर अन्दाज भने पटक्कै गर्नसक्दैनन् – हल्का लिन सक्दैनन् । भाजपा , तृणमुल काँग्रेस, भागोप्रमोलाई मन नपराउने शिक्षित एवं सचेत वर्ग अनि मतदाताहरूले साझा मञ्चबाट चुनावमा जाने सोचॅपनि आजको परिस्थिति जन्मेको छ – सम्भवतः भाजपा अनि तृणमुल काँग्रेससित दुरी बनाएकाहरू सबै एक मञ्चमा आउने प्रबल सम्भावना रहेको छ – जसले वर्तमान दार्जिलिङ पहाडको चुनावी समिकरणलाई अवश्यै परिवर्तन गर्नेछन् ।
भागोप्रमो र भाजपासितको Tacit Understanding भन्न नमिलेपनि सांसदसितको अदृश्य सम्बन्ध जनमानसमा हल्ला फैलिएकोले – भागोप्रमोको Double standard चरित्रको यदि सानो लक्षण वा संकेत मात्रैपनि एक सिन्काले ढड़ेलो लाग्छ भन्छ नी त्यही हुनेछ । भाजपाले (….सांसदको हस्तक्षेपमा ) कालेम्पोङ अनि खरसाङमा कमजोर उम्मेदवारहरू उठाउनु नै जनमानसमा फैलिएको हल्लामाथि सत्य साबित हुनु भयो । दार्जिलिङ पहाड़मा भागोप्रमो अनि भाजपाको निम्ति यही कारण नै ४ मई,२०२६ राजनैतिक आत्महत्या स्वरूप हुनेछ । यी दुवै दलहरूले जित्नको निम्ति धेरै रणनीति बनाउलान् ; विभिन्न षडयन्त्रहरूपनि रचलान् तर यसपटक चुनाव विगतको चुनावहरू झैं सहज छैन । सानो अवैधानिक क्रियाकलापले उम्मेदवारको नामपनि तुरन्तै खारेज हुने प्रावधानलाई चुनाव आयोगको कड़ा निर्देश छ।
त्यहीमाथि कालेम्पोङ अन्तर्गत Under  Adjuration अनि Deleted मा परेका १४ हजारभन्दा अधिक मतदाताहरू मध्ये अधिकांश वैध मतदाताहरू भएतापनि चुनाव अघि Supplementary Listमा नामहरू नआए सबैलाई नै नकारात्मक प्रभाव पार्ने नै छ।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ