Helping Hand rescue operation
Helping Hand rescue operation

महानदीको तल्लो तीरसठबाट वृद्ध उद्धार

Share this news

तीनधारे , (निसं): महानदीको तल्लो तिरसठ लाइन क्षेत्रमा केही महिनादेखि रोडमा बस्दै आएका एकजना वृद्धलाई आज सहयोगी हात सोसियल वेलफेयर अर्गनाइजेशन खहरे वृध्द आश्रमको सहयोगमा उध्दार गरिएको छ। उक्त वृध्द विगत तीन महिनादेखि महानदीको तल्लो तिरसठ लाइन क्षेत्रमा रोडमा नै बस्दै आएका थिए। उक्त वृध्दलाई स्थानीयहरुले खानेकुरा र लुगाहरु दिएर सहयोग गरिरेहका थिए तर यस क्षेत्रमा चितुवाको रगरगी भएको साथै पानी परेको बेला धेरै खतरा हुने भएकोले स्थानीयहरुले उक्त वृध्दलाई उध्दार गरिदिने निवेदन गर्दै आएका थिए। सोही अनुसार उक्त वृध्दको विषयमा सहयोगी हातकी मुख्य सुमित्रा राईले जानकारी पाएपछि बुधवार उक्त क्षेत्रमा निरीक्षणमा पुगेकी थिइन्‌‍। उनले यस विषयमा तीनधारे आउट पोष्टमा पनि पुगेर जानकारी गराएकी थिइन्‌‍ भने खरसाङ टाउन आउट पोष्टमा पनि पुगेर जानकारी गराएकी थिइन्‌‍। उनको पहलपछि खरसाङ टाउन आउट पोष्टको पुलिस प्रभारी शुभंकर रोय र सिभिक भोलेन्टियर रुबिना विश्वकर्म र अन्यको सहयोगमा उक्त वृद्धको आज बिहीवार उध्दार गरिएको छ।

सहयोगी हातकी मुख्य सुमित्रा राईले जानकारी गराए अनुसार उक्त वृध्दको नाम नटवर महतो रहेको र उनी दिल्लीको छतरपुर निवासी रहेको जानकारी प्राप्त भएको छ। उक्त वृध्दलाई सहयोगी हात सोसियल वेलफेयर अर्गनाइजेशनकी प्रमुख सुमित्रा राई र पुलिस प्रशासनको सहयोगमा महानदीबाट उध्दार गरेर तकदाहस्थित मिशनेरी अफ्‌‍ च्यारिटी प्रेमदान भवनमा लगिएको छ। उक्त वृध्दलाई उध्दार गर्न अघि सर सफाई गरेर साथै लुगा लगाएर तकदाह लगिएको छ। यस कार्यमा सुमित्रा राई र सिभिक भोलेन्टियरहरु पनि उपस्थित रहेका थिए। उक्त वृध्द र यस उध्दार कार्य विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सहयोगी हातकी मुख्य सुमित्रा राईले महानदीको तल्लो तिरसठ लाइन क्षेत्रमा एकजना असहाय वृद्धको विषयमा जानकारी प्राप्त भएको र जानकारी प्राप्त भएपछि बुधवार आएर निरीक्षण गरेको अनि तीनधारे पुलिस आउट पोष्ट र खरसाङ टाउन आउट पोष्टमा गएर आवश्यक कुराहरु पुरा गरेर बिहीवार उक्त वृद्धको उध्दार गरिएको बताइन्‌‍।

उनले यस कार्यमा खरसाङ टाउन आउट पोष्टका पुलिस प्रभारी शुभंकर रोय र सिभिक भोलेन्टियर रुबिना विश्वकर्मा र अन्यको सहयोगमा उक्त वृद्धको उध्दार गरिएको जानकारी गराएकी छन्‌‍। उनले उक्त वृध्दलाई तकदाहमा रहेको मिशनेरी अफ्‌‍ च्यारिटीको प्रेमदान भवनमा लगिएको जानकारी गराएका छन्‌‍। उनले यस उध्दार कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्‌‍। यस वृध्द विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्थानीयहरु गोपी छेत्री र इशारा छेत्रीले उक्त वृद्ध महानदीको तल्लो तिरसठ लाइनमा रोडमा नै विगत तीन महिनादेखि बस्दै आएको र खानेकुरा र लुगाहरु दिईरहेको जनाकारी गराएका छन्‌‍। दुवैले यस क्षेत्रमा चितुवाको रगरगी भएको र पानी पर्दा पनि धेरै खतरा हुने भएकोले उक्त असहाय व्यक्तिलाई कसैले उध्दार गरेर लगिदिने आशा गरेका थिए र त्यही अनुसार सहयोगी हातले उक्त असहाय वृद्धलाई उध्दार गरेकोमा धन्यवाद ज्ञापन गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

आजको रोजाइ