कोदो खेतीबारे कृषकहरुमा देखिएन चासो

Share this news

दार्जीलिङ, 5 मार्च(निसं): बजारिकरणको अभाव मुल समस्या बनेको छ् अहिले। किसानले उब्जनी गर्दा सरकारी निकायले उब्जनीको सही तरिकाले बजारीकरण व्यवस्था गरिदिए कृषक वा किसानहरुले अझ नयाँ पद्धति अप्नाएर खेतीमा लाग्ने थिए कि भन्ने उक्त मन्तव्य लोवर बडा मंगवाका कृषक, वरिष्ठ साहित्यकार कृबु संयमीले पोखेका हुन् । साहित्य क्षेत्रमा कलम चलाए तापनि आफ्नो दैनिक जीवनमा खेतीकिसान कार्य पनि आफ्नो कोठेबारीमा गर्न रुचाउउने कृषक कृबु संयमी जसको वास्तविक नाम कृष्ण बुडाथोकी हुन्।

कृषि क्षेत्र रहेको लोअर बडा मंगवा क्षेत्रमा पनि अहिले कृषकहरुले आफ्नो खेतबारीमा सिमी लगाएका छन् भने प्रायः जसो कृषकहरु आफ्नो खेतबारीमा नै देखिन्छन् । अहिले बडा मंगवा क्षेत्रका खेतबारीहरुमा बन्द कोपी, मटर, लहसुन आदि लहलह भएको छ भने पुर्खादेखि गरिने गरेको फापर र कोदो खेती भने अहिले गर्न छोडेको उनी बताउँछन् । पहिले ज्यादा उब्जनी गरेर परिवार धान्ने अन्न नै कोदो, फापर आदि हुन् जो आज आएर शब्दमा मात्र सिमित भए जस्तो भएको बुडाथोकी भन्छन्। बस्ती भेगतिर गरिने कोदो, अनि फापर खेती पनि गर्न छोडेका छन्। समय अनुकूल धान खेती यस क्षेत्रमा गरिन्छ भने यसबाहेक नगदे बाली पनि यहाँका किसानहरुले गर्ने गर्द्छ्न।एक पछि अर्को गर्दै समय अनुसार फसलको लागिकिसानहरु लागि पर्छन् मानोउनीहरुलाई जहिले पनि असारको पन्ध्र नै छ।
हालको समय कृषकहरुले जे जति उब्जनी गर्द्छ्न यस् बारे कृषक कृष्ण बुडाथोकीले कि कृषकले बाली उमारे तापनि सठिक बजारिकरणको अभाव अर्को समस्या रहेको बताए। कृषकले दिनभरी खटेर उमारेका समयको साग सब्जी खरीदारीलाई दिन्छन् , बजार भाव अनुसार उनले पाएका भावले कति मुनाफा पाउन गाह्रो छ। खेतमा माटो, मल-जल अनि जैविक मल , रसायनिक मल आदि बारे अझ सही ज्ञान लिएर खेती गर्न सके उत्तम उत्तम हुने उनको भनाई छ् । कृषकहरुको सुविधाको निम्ति कृषि समबन्धी धेरै सचेतनामुलक कार्यक्रम यसै क्षेत्रहरुमा हुने गरेको अनि यस् क्षेत्रमा धेरै प्रकारको साग सब्जीहरुको उत्पादन हुने गरेको कुरोलाई नकार्न सकिन्न ।

अहिले खेतबारीमा सिमी लगाउन लागि परेका छन् भने कतिपयले सिमीको लागि बाँस काटेर सिटा तयार गर्न मग्न रहेको यो कलमकार संगको कुराकानीमा कृषकरुले बताए। फापर र कोदो बाहेक यस क्षेत्रमा सुन्तला खेती ज्यादा हुने गर्द थियो भने अहिले त्यत्ती भारी मात्रामा सुन्तला खेती, फापर, कोदो खेतीमा कृषकहरुको झुकाउ वा चासो नरहेको स्थानीयहरु बताउछन्

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ