बालासनको ग्यामनबाट पम्प गरेर दुईवटा स्टेशन पार गरी खरसाङ पानी ल्याइने

Share this news

खरसाङ,  (निसं)ः अमृत 2.0 योजनाको कार्य सुचारु सम्पन्न गर्नको निम्ति सोमवार वार्ड नम्बर चारको माथिल्लो डुमाराम बस्ती निवासी बलराम छेत्रीको निवास परिसरमा परियोजनाको काम गरिरहेको यामाह इन्फ्रा कम्पनीका पदाधिकारीहरूले परियोजनाको काम देखरेख कमिटीलाई लिएर एउटा सभा सम्पन्न गऱ्यो। यस सभामा वार्डको परियोजनाको काम देखरेख कमिटीका संयोजक सहदेव चामलिङ, अध्यक्ष महेश प्रधान, उपाध्यक्ष बलराम छेत्री, सचिव केके लिम्बु, कोषाध्यक्ष राम प्रधान, यस परियोजनाको काम गरिरहेको कम्पनी यामाह इन्फ्राका परियोजना प्रबन्धक गौरव बराइली, अभियन्ताहरू उपस्थित थिए। सभामा यस परियोजनाको बारेमा विस्तृत जानकारी देखरेख कमिटीका प्रतिनिधिहरूलाई गराइयो।

यस परियोजनाको बारेमा बताउदै परियोजना प्रबन्धक गौरव बराइलीले हिमालय दर्पणलाई भने, यो परियोजना पूर्ण रुपमा सही तरिकाले सम्पन्न गरिने छ, परियोजनाको काममा कुनै लापरवाही हुनेछैन। यस परियोजनामा पानी बालासनको ग्यामनबाट पम्प गरेर ल्याइने छ। ग्यामनबाट पम्प गरिएको पनि पहिलो स्टेशन कालीटारमा आउनेछ, कालीटारबाट पम्प गरेर खरसाङ्को आईएनए बस टर्मिनश नजिक दोस्रो स्टेशनमा आउनेछ। टर्मिनशबाट सौझै दुर्बिन डाँड़ाको रिजर्भ ट्याङ्कीमा पम्प गरिनेछ। दुर्वीन डाँड़ाबाट मुर्दाहट्टीमा निर्माण गरिने ट्रिटमेन्ट प्लान्टमा पानी पठाइने छ। मुर्दाहट्टीको ट्रिटमेन्ट प्लान्सबाट नगरपालिकाको विभिन्न स्थानमा रहेको सबरिजर्भ ट्याङ्कीहरूमा पानी जानेछ। यी सब्‌‍रिजर्भ ट्याङ्कीहरूबाट नगरवासीको घर-घरमा पानी पुऱ्याइनेछ। तिनले थप बताए अनुसार यस परियोजनाको निम्ति टाटा कम्पनीको एमएसडीआई जीआई पाइपको प्रयोग भइरहेको छ। बालासनबाट 12 इञ्चको दुईवटा जीआई पाइपमा पानी पम्प गरिनेछ। त्यसपछि चार इञ्चको पाइप प्रयोग गरिनेछ, विभिन्न सब्‌‍रिजर्भ ट्याङ्कीहरूमा अढ़ाई इञ्चको पाइपमा पानी पठाइनेछ अनि नगरवासीको घर-घरमा आधा इञ्चको पाइपमा पानी आपुर्ति गरिनेछ। तिनले यस परियोजनाको निम्ति 80 प्रतिशत पाइप पाइप खरसाङ आइसकेको पनि जनाए।

पानी पम्प गर्नको निम्ति बालासन खोलाको ग्यामनमा दुई महिनादेखि काम चलिरहेको छ भनी जनाउजदै बराइलीले भने, परियोजनाको निम्ति डीपीआरमा कुनै समयसीमा तोकिएएको छैन, तथापि कम्पनीले आगामी 3 वर्षभित्रमा परियोजनाको काम पुरा गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ। परियोजनाको काम गर्दा कतिपय स्थानमा 6-7 वटा पाइप जड़ान गरेर धेरै दिनदेखि छोड़िएको छ, कतिपय स्थानमा धेरै दिनदेखि पाइप थुपारेर राखिएको छ भनी प्रश्न गर्दा तिनले भने, परियोजनाको निम्ति काम गर्दै जाँदा कतिपय स्थानमा रेलको जग्गा, कतिपय स्थानमा पीडब्लूडीको जग्गा, कतिपय स्थानमा अन्य कुनै विभागको जग्ग भेटिएको छ। यस्ता जग्गाहरूमा पाइप जड़ान गर्दै जाँदा व्यवधानहरू आएका छन्‌‍। यसैले आधाकल्चो पाइप जड़ान गरेर छोड़िएको हो। यो परियोजना खरसाङ नगरवासीको निम्ति हो, यस परियोजनाबाट खरसाङ नगरवासीले पानीको सुविधा पाउनेछन्‌‍। यसैले यस कार्यमा सबै खरसाङवासी, विभाग, सङ्घ-संस्थाहरूले सहयोग गर्न आवश्यक छ।

यस परियोजनाको निम्ति काम गर्दा सबै स्थानमा परियोजना देखरेख कमिटीसित सभा गर्नु हुन्छ भनी प्रश्न गर्दा तिनले परियोजनाको काम गर्दै जाँदा कतिपय स्थानमा छिटो काम हुन सक्छ, कतिपय स्थानमा ढिलो पनि हुन सक्छ। यस्तो अवस्थामा परियोजनाको निम्ति काम हुन लागेको स्थानमा हामी अवश्यै त्यहाँका मानिसहरूसित समन्वय स्थापित गरेर काम गर्नेछौँ। हाम्रो काम सठीक तरिकाले हुन्छ, हाम्रो कम्पनी एउटा प्रतिष्ठित कम्पनी हो। हाम्रो कम्पनीले लापरवारी पूर्वक काम गर्ने प्रश्न आउदैन। यस परियोजना अन्तर्गत खरसाङ नगरपालिकाको निम्ति लगभग 210 कड़ोर रुपियाँको कोष जारी गरिएको छ। यो कार्य नगरपालिका अभियान्त्रिकी विभाग, सिलगढ़ीद्वारा गरिन्दैछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ