भारतीय सेनाका प्रतिभा अभिषेक लिम्बूलाई गृहक्षेत्रमा भव्य स्वागत

Share this news

भारतीय सेना अन्तर्गतको SSC (Technical) Entry – SSC (Tech)-66 मा All India Rank 17 (AIR 17) हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गर्नुभएका सिक्किमका होनहार युवा श्री अभिषेक लिम्बू आफ्नो गृहक्षेत्र राभाङ्ग्ला आइपुग्नुहुँदा उहाँको सम्मानमा भव्य स्वागत कार्यक्रम आयोजना गरियो। ५१ राबोङ्ग बर्फुङ्ग ग्राम पञ्चायत, विभिन्न चर्चहरू, अभिभावक वर्ग, राभाङ्ग्ला व्यापारी समुदाय बजार डेभलपमेन्ट कमिटी तथा स्थानीय शुभचिन्तकहरूको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम उत्साह, गर्व र हर्षोल्लासका साथ सम्पन्न भयो।पुष्पगुच्छ तथा खादा अर्पण गरी उहाँलाई आत्मीय स्वागत गरियो।

श्री अभिषेक लिम्बू श्री बिनोद लिम्बू तथा श्रीमती शिफोरा राईका गर्वित सुपुत्र हुनुहुन्छ। सामान्य परिवेशबाट अघि बढ्दै उहाँले दृढ संकल्प, अनुशासन र अथक परिश्रमका साथ देशभरका हजारौँ प्रतिस्पर्धीबीच उत्कृष्ट प्रदर्शन गर्दै AIR 17 प्राप्त गर्न सफल हुनुभएको हो। यस उपलब्धिसँगै उहाँ सिक्किमबाट टेक्निकल प्रवेशमार्फत लेफ्टिनेन्ट पदमा नियुक्त हुने पहिलो अफिसर बन्ने ऐतिहासिक कीर्तिमान स्थापित गर्नुभएको छ। स्वागत कार्यक्रममा राभाङ्ग्ला बुद्ध पार्कका OSD श्री छितेन भुटिया, विधायकका ओएसडि श्री शिव कुमार राई ,CLC अध्यक्ष श्री नारायण गोपाल गुरुङ, युवा सन्योजक श्री सन्नी सुब्बा ,पञ्चायत सभापति एवं सम्पूर्ण टोलीको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले अभिषेक लिम्बूको सफलता सम्पूर्ण राभाङ्ग्ला, बर्फुङ्ग क्षेत्र र राज्यकै गौरव भएको उल्लेख गर्दै उहाँको उज्ज्वल भविष्यको कामना गरे।

राष्ट्रिय स्तरमा यस्तो उच्च स्थान हासिल गर्नु केवल व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण सिक्किमेली युवाहरूका लागि प्रेरणादायी उदाहरण भएको बताए। अनुशासन, आत्मविश्वास र निरन्तर प्रयासद्वारा जुनसुकै लक्ष्य हासिल गर्न सकिन्छ भन्ने सन्देश उहाँको सफलताले दिएको उनीहरूको भनाइ थियो। कार्यक्रममा अभिषेक लिम्बूले आफूलाई प्रदान गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै राष्ट्रको सुरक्षा र सम्मानका लागि पूर्ण समर्पणका साथ कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम खुसी र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ