सैलाबास 66 सालको लीज सम्झौता झट्टै खारेज गरियोस :विनय तामाङ 

Share this news

शनिबार दार्जीलिङ,29 फरवरी(निसं): दार्जीलिङको दार्जीलिङ गोर्खा पार्वत्य परिषद(दागोपाप) शासन कालमा निर्माण गरिएको हाल गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए) सम्पत्ति सैलाबासको निजीकरण र 66 वर्षे लीज सम्झौताको विरुद्धमा घोर आपत्ति जनाउदै  गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए) पुर्व चिफ एक्ज्युकेटिभ तथा वर्तमान सभासद विनय तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, सरकारी सम्पत्ति निजी कम्पनीलाई सुम्पिनु भनेको जनताको अधिकारलाई कौडीको भाउमा बेच्नु हो साथै जीटीए प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको साटो त्यसलाई व्यापारिक लाभका लागि प्रयोग गर्नु लज्जास्पद विषय हो। विनय तामाङले भनेका छन्, शुक्रबार ​गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा ऐतिहासिक सैलाबासको सम्पूर्ण भवनहरू अनि जमीन एक निजी कम्पनीलाई 66 वर्षको दीर्घ लीजमा सुम्पिने जुन आत्मघाती निर्णय लिइएको छ, त्यसप्रति म घोर आपत्ति र कडा शब्दमा निन्दा गर्दछु ।
उनले भनेका छन् , यो मेरो वैधानिक आपत्तिलाई  राजनैतिक दृष्टिकोणमा नहेरिदिने अनि  दार्जीलिङका जनताको सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि गरिएको एउटा न्यायोचित पुकार सम्झिदिने अपील गर्दछु ।सैलावास दार्जीलिङको ऐतिहासिक स्थल अनि सार्वजनिक सम्पत्ति हो। यसलाई 66 वर्षसम्मका लागि निजी कम्पनीलाई सुम्पिनु भनेको जनताको अधिकारलाई कौडीको भाउमा बेच्नु हो।
​म जीटीए प्रशासनलाई प्रश्न गर्न चाहान्छु कि कुन मापदण्ड र कुन प्रक्रिया अन्तर्गत यति लामो समयको लागि लीज दिइयो? लीज दिन अघि के यसमा उचित नोटिस, टेण्डर, जीटीए साधारण सभा अनि  जन-सुनुवाइ गरियो? यदि यी कानुनी अनि वैधानिक पक्षहरूलाई वेवास्ता गरी यसरी मनमानी तौर तरिकामा गरेको हो भने यसले जीटीए प्रशासनभित्रको भ्रष्टाचार र अपारदर्शितालाई स्पष्ट पारेको छ ।66 वर्षको लीज भनेको वस्तुतः निजीकरण नै हो। यसले आगामी पुस्ताको अधिकारलाई कुण्ठित गरेको छ। जीटीए प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको साटो त्यसलाई व्यापारिक लाभका लागि प्रयोग गर्नु लज्जास्पद विषय हो।
​तामाङले भनेका छन् , यसोसले जीटीए प्रशासनसँग यो माग गर्दछु कि यो सम्झौता तत्काल खारेज गरियोस् साथै यस विषयमा श्वेतपत्र जारी गरी सत्यतथ्य जनताको सामु ल्याइएको हुनुपर्छ । ​दार्जीलिङ पहाड़को अस्मिता र यहाँका धरोहरहरू कुनै व्यक्तिको निजी सम्पत्ति होइनन् कि जसलाई चाहेको बेला लीजमा दिन सकियोस् वा  बेच्न सकियोस्। प्रशासनले आफ्नो शक्ति र सीमाको दुरुपयोग गर्न बन्द गरोस ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ