जीटीएमा कर्मचारी नियुक्ति सेवा स्थापित गरियोस् भनी मुख्यमन्त्रीलाई शान्ता छेत्रीको पत्र

Share this news

खरसाङ,  (निसं)ः पूर्व राज्यसभ सांसद तथा अल इण्डिया तृणमूल कांग्रेसका दार्जीलिङ अनि कालेबुङ जिल्ला पहाड़का अध्यक्ष शान्ता छेत्रीले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई एउटा ज्ञापन पत्र सुम्पिदै जीटीए अन्तर्गत एउटा अलग्गै व्यापक सेवा नियम बनाएर अनि यथाशीघ्र अधिसूचना जारी गर्नको निम्ति विचार गर्ने निवेदन गरेकी छिन्‌‍।
एउटा प्रेस विज्ञप्ति मार्फत्‌‍ शान्ता छेत्रीले जनाए अनुसार, तिनले पत्रचार गरेर मुख्यमन्त्री ममता ब्यानर्जीको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) सित सम्बन्धित एउटा अत्यावश्यक प्रशासनिक मुद्दामाथि ध्यान आकर्षण गराएकी छिन्‌‍।

जीटीएसंग वर्तमानमा कर्मचारीहरूको नियुक्तिको निम्ति आफ्नो स्वयंको सेवा नियम छैन। गत केहि वर्षयता जीटीएको विभिन्न विभागमा धेरै संख्यामा कर्मचारीहरू सेवानिवृत्त भएका छन्‌‍, जसको परिणामस्वरूप जीटीएको विभिन्न विभागहरूमा रिक्त पदहरू लगातार वृद्धि भइरहेको छ।

कुनै सठीक वा स्पष्ट रूपमा परिभाषित सेवा नियम ढांँचाको अभावमा, नयाँ भर्ती व्यवस्थित अनि समयबद्ध तरीकाले गरिएको छैन्‌‍। परिणामस्वरूप, जीटीएका विभिन्न विभागहरूमा कर्मचारीहरूको कमी भइरहेको छ। उक्त कमीले गर्दा व्यापक असर दैनिक प्रशासनिक कार्य, सार्वजनिक सेवाहरूको वितरण अनि विकास योजनाहरूको प्रभावी कार्यान्वयन माथि परिरहेको छ । प्रशासनिक तन्त्रको सुचारू सञ्चालनमा बाधा उत्पन्न भईरहेको छ, जसको कारण स्थानीय मानिसहरूले समस्या भोग्नु परेकोछ।

तिनले ममता ब्यानर्जीलाई राज्य सरकारद्वारा जीटीएको निम्ति एउटा अलग, व्यापक सेवा नियम बनाएर अनि त्यसलाई यथाशीघ्र अधिसूचित गर्नको लागि विचार गर्न पत्रमा निवेदन गरेेकी छिन्‌‍। एउटा स्पष्ट भर्ती र सेवा नियमन ढाँचाले पारदर्शी नियुक्तिहरूलाई सक्षम बनाउनेछ, सठीक प्रशासनिक कर्य सुनिश्चित गर्नेछ र संस्थागत दक्षतालाई सुदृढ़ गर्नेछ। भनी पत्रमा अवगत गराउदै तिनले प्रभावकारी शासन र जनहितको निम्ति मुख्यमन्त्रीको पक्षबाट यस विषयमा सहानुभूतिपूर्वक विचार गरिने छ भन्ने कुरोमा आफू आशावादी रहेको छेत्रीले बताएकी छिन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ