Darjeeling Flower Exhibition
Darjeeling Flower Exhibition

आगामी 28 फरवरीदेखि २ मार्चसम्म तीनदिने पुष्प प्रदर्शनी हुने

Share this news

मिरिक फ्लोरी कल्चर सोसाइटीको आयोजनामा आगामी 28 फरवरीदेखि २ मार्च २०२६ सम्म मिरिकमा तीन दिवसीय पुष्प प्रदर्शनी आयोजना हुने भएको छ। उक्त पुष्प प्रदर्शनी मिरिक एकोरिएम परिसरमा सञ्चालन हुने मिरिक फ्लोरी कल्चर सोसाइटीले जनाएको छ।

यस सम्बन्धमा प्रेस भेलामार्फत सोसाइटीद्वारा जानकारी दिइएको छ। प्रेस भेलामा सोसाइटीका अध्यक्ष बी. के. राई, उपाध्यक्ष विराज राई, सचिव धिरज राई, कोषाध्यक्ष राजेन राई तथा संयुक्त सचिव आनन्द राईको उपस्थिति रहेको थियो।
प्रदर्शनीमा विशेष गरी अर्किड सिम्बिडियमका विभिन्न नयाँ–नयाँ भेराइटीका फूलहरू, मौसमी फूलहरू लगायत आकर्षक पुष्पहरू प्रदर्शन गरिने जानकारी दिइएको छ। साथै प्रदर्शनी स्थलमै फूलहरूको खुला बिक्री समेत गरिने सोसाइटीले जनाएको छ।

यसैगरी, जिल्लाभरिका फूल खेती गर्ने किसान तथा व्यवसायीहरूलाई आफ्नो फूल बिक्री गर्न सहज होस् भन्ने उद्देश्यले स्टलहरूको व्यवस्था पनि गरिने बताइएको छ। फूल बिक्रीका लागि स्टल लिन इच्छुक व्यक्तिहरूले मिरिक फ्लोरी कल्चर सोसाइटीसँग सम्पर्क गर्न सोसाइटीले आग्रह गरेको छ।
पुष्प प्रदर्शनीले मिरिकको पर्यटन प्रवर्द्धनसँगै स्थानीय फूल व्यवसायलाई थप प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ