Siliguri Illegal Timber
Siliguri Illegal Timber

अवैध सञ्चय गरिएको ठूलो परिमाणमा सैगुन (टिक) काठ र फर्निचर बरामद

Share this news

अवैध रूपमा सञ्चय गरेर राखिएको ठूलो परिमाणमा सैगुन (टिक) काठ र फर्निचर बरामद गरिएको छ। वन विभागले गरेको विशेष अभियानका क्रममा करिब ६ लाख रुपैयाँ बराबरको काठ तथा तयारी फर्निचर जफत गरिएको हो।

दार्जीलिङ वन्यजन्तु डिभिजनअन्तर्गत सिलगढी नजीक‌ सुकुना रेंजका अधिकारीहरूको टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको बताइएको छ। छापामारीको क्रममा घर तथा गोदामबाट अवैध रूपमा भण्डारण गरिएको सैगुन काठ, ढोका, झ्याल, टेबल, कुर्सी लगायतका विभिन्न फर्निचर सामग्री फेला परेको थियो। आवश्यक कागजात र वैधानिक अनुमति बिना नै ती सामग्री राखिएको पुष्टि भएपछि सम्पूर्ण सामान नियन्त्रणमा लिइएको जनाइएको छ।

यस घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछका लागि राखिएको छ। वन विभागले उनीहरूबाट काठको स्रोत, आपूर्ति सञ्जाल र अन्य सम्भावित संलग्न व्यक्तिहरूबारे जानकारी संकलन गरिरहेको छ। प्रारम्भिक अनुसन्धानपछि थप कानुनी कारबाही अघि बढाइने बताइएको छ।

प्रशासनका अनुसार अवैध काठ व्यापार र वन सम्पदाको दुरुपयोग रोक्न यस्ता अभियान आगामी दिनमा पनि निरन्तर जारी रहनेछ। यस कारबाहीलाई वन संरक्षण तथा गैरकानुनी कारोबार नियन्त्रणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ