Sikkim Dairy Training
Sikkim Dairy Training

ग्वालाहरुको उन्नति र विकासको लागि कार्यक्रम आयोजित

Share this news

ग्वालाहरुलाई कसरी सुविधा पाउन सक्ने अनि गाईलाई सकरी दाना दिने भन्ने बारे जानकारी डा०तिलक घताने MD SMU ले दिए।
सिक्किम सरकार तथा सम्बन्धित विभागको संयुक्त पहल र  मुख्यमन्त्री प्र्मसिंह तामाङ (गोले)को कुशल नेतृत्वमा राज्यका विभिन्न स्थानहरूमा कृषक सचेतना कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।  यसै क्रममा आज ०९ बर्फुङ्ग क्षेत्र अन्तर्गत रायोङ–तिन्किताम ग्राम पञ्चायत इकाईको नार्दाङ (दक्षिण)दूध उत्पादक सहकारी समितिमा कृषकहरूका लागि “Training of Farmers in Good Hygienic Practices / Good Manufacturing Practices” सम्बन्धी विशेष सचेतना तथा तालिम कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम Sikkim Cooperative Milk Producers’ Union Limited द्वारा राष्ट्रिय डेरी विकास कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो।
आजको कार्यक्रममा मुख्य अतिथी सिक्किम दूध उत्पादन सघंका अध्यक्ष श्री यम कुमार शर्मा लगायत विभागीय अधिकारीहरू Dr. T.B.Ghatani (MD SMU) Dr. Chadni Chettri ( AHVS Namchi ) Kaushila Sarki (Coperative Ravangla ) Y. K Sharma Manager PNI SMU Lalit Chauhan (executive PNI SMU) साथै ग्राम पञ्चायत सभापति पेमा डिकी भुटिया तथा अन्य सदस्यगणको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय गाउँले कृषकहरूको उत्साहजनक उपस्थिति देखिएको थियो ।
कार्यक्रमलाई पञ्च प्रसाद राई लिङ्ग्योङ दूत उत्पादन सहकारी समितिका सचिवले उद्घोषणा गर्नुभएको थियो भने उपस्थित अतिथि एवं ग्वालाहरूलाई सि बि मङ्गर रायोङ तिन्किताम सहकारी समितिका सचिवले स्वागत जनाउँदै आयोजक समितिले सबैलाई खदा अर्पण गरी सम्मान जनाएका थिए।
तालिमका क्रममा कृषकहरूलाई दुग्ध उत्पादनमा सरसफाइको महत्व, गुणस्तरीय उत्पादन प्रक्रिया, भण्डारण तथा बजार व्यवस्थापनका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। यस प्रकारका कार्यक्रमले कृषकहरूलाई आधुनिक प्रविधि तथा मापदण्डअनुसार उत्पादन गर्न प्रेरित गर्नुका साथै राज्यको दुग्ध क्षेत्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
अन्तमा उपस्थित ग्वालाहरुलाई गाईको लागि निशुल्क औषधि वितरण गरेपछि वार्ड पञ्चायत श्रीमती छो-तार्मु लेप्चाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आजको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराइन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ