दार्जीलिङमा घरसँगै जलेर एक व्यक्तिको मार्मिक निधन

Share this news

दार्जीलिङ, 25 फरवरी (निसं): दार्जीलिङमा आज एकाबिहानै एउटा घरमा आगो लाग्दा घरसँगै जलेर 62 वर्षे कमल प्रधानको मार्मिक निधन भयो। घट्ना मंगलबार बिहान लगभग 2 बजीतिरको हो। चौरास्तादेखि लगभग 1 किलोमिटर टाड़ामा अवस्थित उदय ग्राम पुस्तकालय क्षेत्रका बासिन्दाहरू सबै मस्त निद्रामा थिए। कमल प्रधान पनि त्यसरी नै दिनभरि श्रमिक काम गरेको कारण थाकेर मस्त निद्रामा परेका थिए। त्यसै समय अचानक उनीहरू बस्ने काठको 2 तले घरमा आगो लाग्न थाल्यो। यस घरमा मोठ 6 परिवार भाड़ामा बस्थे। जसमध्ये कमल प्रधान पनि एक थिए। हिजो उनी आफ्नो घरमा एकलै थिए। थाकेर सुतेका उनले आगो लागेको भनकसम्म पाएनन्। आगो लागेको थाह पाएपछि यस घरमा बस्ने अन्य भाड़ादारहरू सबै घरबाट बाहिर निस्किए अनि आ-आफ्नो ज्यान बँचाए। तर कमल प्रधानले आफ्नो ज्यानसम्म बँचाउन सकेनन्। उनी त्यो भयावह रूपले लागेको आगोको चपेटमा परे अनि घट्नास्थलमा नै उनको मार्मिक निधन भयो। गाउँलेहरूले आगो लागेको थाह पाएपछि आगोलाई नियन्त्रण गर्ने भरमग्दुर प्रयास गरे, कसैले दमकल विभागलाई फोन गरेर घट्नाको जानकारी गराए। तर उनीहरूमध्ये कसैले पनि त्यो कालो रातमा लागेको आगोको चपेटमा कमल प्रधान पनि जलिरहेका छन् भन्ने पत्तो पाएनन्। आगो नियन्त्रण गर्ने पूर्ण प्रयास भए पनि उक्त घर पूर्णरूपले ध्वंश बन्यो अनि यस घरमा बस्ने कमलले आफ्नो ज्यान नै गुमाए। जसअनुसार, अन्यले शरीरमा लगाएको लुगाबाहेक केही बँचाउन सकेनन्। गाउँलेहरूले बताएअनुसार, यो काठको दुई तले घर देवकुमार कार्कीले भाड़ामा दिएका थिए। जसमा कमल प्रधान लगायत मोठ 6 परिवार बस्दै आइरहेका थिए। जुन घर आगो लागेर भष्म बनेपछि अन्य 5 परिवार पनि बेघर भएका छन्। उनीहरूले यस घरमा कमल प्रधानकै घरबाट आगो लागेको शङ्का व्यक्त गरेका छन्। यद्यपि, आगो लाग्नुको कारण भने अझैसम्म पत्तो लाग्न सकेको छैन। यसरी नै गाउँलेहरूले दमकल विभागको गाड़ी लेबोङसम्म आए पनि घट्नास्थलमा आउन नसकेको जानकारी गराएका छन्। चौरास्तादेखि लगभग 1 किलोमिटर टाड़ामा अवस्थित यस स्थानसम्म पुग्ने बाटो साँघुरो भएको कारण दमकलको गाड़ी जान सक्ने अवस्था छैन। यसैकारण दमकलको गाड़ी लेबोङ भएर यस स्थानसम्म आउने प्रयास गरेको थियो, तर दमकल विभागका कर्मचारीहरू असफल भए। तरै पनि दमकलकर्मीहरू पैदल नै यस स्थानसम्म आएका थिए, तर उनीहरू घट्नास्थलमा आइपुग्दा उक्त घर स्वाहा भइसकेको थियो भने कमल प्रधानको मार्मिक निधन भइसकेको थियो। घट्नाको जानकारी पाएपछि जीटीएका मुख्य कार्यपाल अनित थापा पनि घट्नास्थल पुगे अनि अग्नि पीड़ित परिवारहरूलाई अन्य भाड़ाको घरमा राख्ने निर्देश दिएका छन्। यसैबीच, उदय ग्रामीण पुस्तकालय एवं समितिले अग्नि पीड़ित परिवारहरूलाई समाज घरमा नै बस्ने व्यवस्था गरिदिएको छ भने राहतका सामग्रीहरूको पनि बन्दोबस्त गरिदिएको छ। यसरी नै ग्राम सेवक समितिले पनि पीड़ित परिवारहरूका लागि राहत सामग्री संग्रह गर्न थालेको समितिले बताएको छ। यता घट्नाबारे पुलिसले जाँच शुरू गरिसकेको छ भने मृतक प्रधानको शवको पोस्टमार्टम गरी अन्तिम संस्कार गरिएको गाउँलेहरूले बताएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ