तीन माईल बस्ती ग्राम सुधार समितिले स्वर्ण जयन्ती पालन गर्दै प्रतिभाहरूलाई जनायो सम्मान

Share this news

खरसाङ, (निसं): खरसाङ शहरदेखि लगभग पाँच किलोमिटर माथि तीन माईल बस्तीमा रहेको ग्राम सुधार समितिले आफ्नो स्वर्ण जयन्ती पालन गऱ्यो। समितिका अध्यक्ष एवं पूर्व रेञ्जर डुप छिरिङ लेप्चाको अध्यक्षता अनि 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टिका सभासद्‌‍ श्याम शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रमलाई समितिका सचिव पेम्बा तामाङले सञ्चालन गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ पञ्चायत समिति सदस्य दिनेश तामाङ अनि चिम्नी देवराली ग्राम पञ्चायत प्रदान विमल तामाङ, नारी शक्ति 28 नम्बर समष्टि सभानेत्री सुष्मा मुखिया उपस्थित रहेका थिए।

मुख्य अतिथि अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट धुप-दीप प्रज्जवलन गरी आरम्भ गरिएको यस कार्यक्रममा कलिलो उमेरमा सेनाको कर्णल पदमा पुगेका कौशल छेत्री, मोडलिङ्को क्षेत्रमा आफ्नो भविष्य चम्काइरहेका तुङसाङ लेप्चा, माध्यिक, उच्चत्तर माध्यमिक, स्नातक, स्नातोकत्तर अनि अन्य परीक्षाहरूमा राम्रो अङ्क प्राप्त गरेर उत्तीर्ण भएका समाजका प्रतिभाहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथिहरूको बाहुलीबाट खदा लगाएर सम्मान पत्र, स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइएको थियो। कार्यक्रममा स्थानीय कलाकारहरूले गीत, नृत्य प्रस्तुत गरेका थिए भने सिलगढ़ीबाट आएका कलाकारहरूले पनि आफ्नो प्रस्तुती दिएका थिए। कार्यक्रममा स्थानीय प्रतिभाहरूलाई लिएर फेसन शोको पनि आयोजना गरिएको थियो अनि स्थानीय विद्यार्थी, कवि-कवियत्रीहरूले स्वरचित कविता पाठ पनि गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभासद्‌‍ श्याम शेर्पाले भने, तीन माईल बस्ती प्रतिभाले भरिएको बस्ती हो। विभिन्न क्षेत्रमा आयोजित प्रतियोगिताहरूमा अङ्शग्रहण गरेर यहाँका नानीहरूले कुनै न कुनै पुरस्कार प्राप्त गरेकै हुन्छ। हालैमा आयोजना गरिएको प्रतियोगितामा पनि यहाँको सरस्वती पूजाले पुरस्कार प्राप्त गरेको थियो। जीटीए आईडल प्रतियोगितामा पनि यहाँका कलाकार समष्टिमा दोस्रो स्थानमा रहेका थिए। यस कार्यक्रममा पनि हामीले प्रतिभाशाली नानीहरूलाई देख्ने अवसर पाएका छौँ। प्रतिभाशाली नानीहरूलाई सम्मान जनाउदा तिनीहरूको अभिभावकहरूलाई पनि मञ्चमा बोलाइएको थियो, यो कुरो मलाई अति राम्रो लाग्यो। नानीहरू असल बाटोमा हिँड़नु, योग्य बन्नु, प्रतिभाशाली बन्नुमा अभिभावकको मुख्य भूमिका हुन्छ। नानीहरूको असल भविष्य निर्माण गर्नमा अभिभावकहरूको भूमिका महत्वपूर्ण हुन्छ, यसैले अभिभावकहरूको भूमिकालाई पनि सम्मान गरिन पर्छ।

शेर्पाले अझ भने, हामीले सभ्य समाजको निर्माणको निम्ति कार्य गरिरहेका छौँ। यहाँको प्रतिभाशाली नानीहरू, अभिभावक अनि यहाँका मानिसहरूले गरेको विभिन्न उपलब्धिहरू देखेर यहाँ सभ्य समाजको निर्माण भएको मलाई महसुस भइरहेको छ। कार्यक्रममा विशिष्ट अतिथि विमल तामाङ, सुष्मा मुखिया, अध्यक्षले पनि वक्तव्य राखेका थिए

Share this news
आजको रोजाइ
गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

आजको रोजाइ