एमआर शप डिलरहरूको बन्द फिर्ता

Share this news

खरसाङ, (निसं): डिलरहरुको विभिन्न मागहरु लिएर चलिरहेको राशन दोकानहरु बन्द आज मंगलबारदेखि खोलिने भएको छ। सोमवार रंगबुलमा जीटीए प्रमुख अनित थापासित सभा सम्पन्न भएको छ भने सभापछि राशन दोकानहरु भोलि मंगलबारदेखि खोलिने भएको छ। रंगबुलमा आयोजित सभामा जीटीए प्रमुख कार्यपाल अनित थापा, डेपुटी चेयरम्यान राजेस चौहान लगायत दार्जिलिङ जिल्ला र कालेबुङ जिल्ला कन्ट्रोलरहरु, दार्जिलिङ -कालेबुङ जिल्ला फेयर प्राइज शप्स डिलर जोइन्ट एक्शन कमिटीको उपस्थितिमा उक्त निर्णय गरिएको जानकारी प्राप्त भएको छ।

यस अवसरमा खाद्य विभागको मुख्य सचिव, एमआईसी खाद्यान्न अनि जीटीए प्रमुखको अनुरोधमा राशन दोकानहरु बन्द अहिलेलाई स्थगित गरिएको र भोलि मंगलबारदेखि राशन वितरण गरिने भएको जानकारी फेयर प्राइज शप्स एसोसिएसन खरसाङ्को सचिव अजय प्रधानले जानकारी गराएका छन्‌‍। उल्लेखनीय छ, विभिन्न मागहरु लिएर दार्जिलिङ र कालेबुङ जिल्ला फेयर प्राइज शप्स एसोसिएसनको आयोजनामा गत 1 फरवरीदेखि राशन दोकानहरु बन्द गरेर धारणा प्रदर्शन गरिरहेका थिए। राशन दोकानहरु बन्द भएपछि जनसाधारणलाई धेरै असुविधा भईरहेको थियो भने अब राशन दोकानहरु मंगलवारदेखि खोलिएर राशन वितरण गरिने भएपछि जनसाधारणले राहत अनुभव गरिरहेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ