लम्बा धुरामा दुईवटा घर जलेर खरानी

Share this news

दार्जीलिङ, 5  फरवरी(निसं): मगलबार राती लागेको अचानक आगलागीमा परेर जोरबङ्गलो-सुकिया पोखरी खण्डको लिङ्गिया-मेरीबोङ ग्राम पञ्चायत अन्तर्गत वार्ड नम्बर दुइको लम्बा धुरामा दुईवटा घर जलेर खरानी भएको खबर प्रकाशमा आएको छ। रातीको लगभग नौ बजीतिर लागेको भीषण आगलागीमा स्थानीय राफिस दर्नाल तथा आदित्य थापाको घर जलेर पुर्ण खरानी भएको स्थानीय वार्ड सदस्य निमेष सुब्बाले जानकारी गराएका छन्। उनका अनुसार, आगलागी भएको थाहा पाउदासम्म आगोले विकराल रूपमा लिइसकेको तथा स्थानीय गाउँवासीहरु सहयोगमा आगोलाई नियन्त्रणमा ल्याउदै अन्यत्र फैलनुबाट जोगाउन सफल भएको भए पनि दुईवटा घर बचाउन नसकिएको बताइएको छ। अर्कोतिर घटनाको खबर पाउनसाथमा क्षेत्रीय सभासद सन्दिप छेत्रीले स्थलगत भ्रमण गरि आवस्यक जानकारी लिँदै घटनाबारेमा सम्बन्धित विभाग तथा जीटीए प्रशासनसामु जानकारी गराइसकेको बताइएको छ। यसका साथमा उनले हुनसक्ने सहयोग गर्न तत्पर रहेको बताएका छन्। घटनाको वास्तविक कारण थाहा नलागेको तथा संबंधित विभागले अनुसन्धान  शुरु गरिएको थाहा लागेको छ। यस्तै घटनाको पुर्ण बिवरण वार्ड सदस्य निमेष सुब्बाले ग्राम पन्चायत कार्यलय अनि खण्ड विकास कार्यलय लगायत सम्बन्धित निकायलाई दिदै चाडो पुनर्वास व्यवस्थापन गरिनुपर्ने माग समेत गरेका छन् ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ