डीपी साइट 3 नम्बर सडकको निर्माण धमाधम 

Share this news

दार्जीलिङ, 5 फरवरी(निसं): अजय एडवाडर्सको सहयोगमा टिष्टा भ्याली डीभी साइट 3 नम्बर गाउँ जाने सडकको निर्माण धमाधम भइरहेकोमा स्थानीय बासिन्दाहरूले आभार जनाएको इण्डियन गोर्खा जनशक्ति फ्रन्ट(आईजीजीएफ) मिडिया सेलले जानकारी गराएकोछ
मिडिया सेलको जानकारी अनुसार, तकदाह-टिष्टा भ्याली समष्टिको टिष्टा भ्याली डीभी साइट 3 नम्बर  गाउँवासीले अजय एडवाडर्सप्रति आभार व्यक्त गरेका छन्। केही महिना अघि इण्डियन गोर्खा जनशक्ति फ्रन्ट-का केन्द्रीय संयोजक अजय एडवाडर्सको कम्जोर क्षेत्र भ्रमणका क्रममा स्थानीय बासिन्दाहरूले टिष्टा भ्याली डीपी साइट 3 नम्बर गाउँ जाने सडकको अवस्थाबारे पूर्ण जानकारी गराउँदै सहयोगको गुहार लगाएका थिए। उक्त समयमा एडवाडर्सले निर्माण कार्यका लागि सिमेन्ट प्रदान गर्ने वाचा गरेका थिए।
अझ जानकारी अनुसार, वाचा अनुसार केही दिनभित्रै 75 बोरा सिमेन्ट पठाइएको थियो भने बुधबार फेरि एक सय बोरा सिमेन्ट पठाइ दिए। यस सन्दर्भमा स्थानीय साजन बान्तवाले भने, केही दिन अघि कम्जोर बस्तीमा इण्डियन गोर्खा जनशक्ति फ्रन्टका केन्द्रीय संयोजक अजय एडवाडर्स भ्रमणमा आउनुभएको थियो। त्यस क्रममा हामीले अजय एडवाडर्ससँग भेटेर यहाँको  बाटोको अवस्थाबारे जानकारी गराएका थियौँ। उनले बाटो निर्माणका लागि सिमेन्ट दिने वचन दिनुभएको थियो भने बाटोको खनन कार्य सुरु गर्ने जिम्मेवारी हामीलाई दिएका थिए।
उनको निर्देशन अनुसार गाउँलेहरूले बाटो खनन कार्य सुरु गरेपछि 75 बोरा सिमेन्ट पठाइदिनुभएको थियो। बुधबार फेरि उहाँले एक सय बोरा सिमेन्ट पठाइदिए अनि बाटो निर्माण कार्यलाई थप सहज बनाइदिनुभएको छ। हामी अजय एडवाडर्सप्रति अत्यन्त आभारी छौ।
तकदाह टिष्टा भ्याली समष्टि अन्तर्गत पर्ने टिष्टा भ्याली यो बाटोको अवस्था अत्यन्तै चिन्ताजनक रहेको थियो। यस विषयमा हामीले राज्य सरकार, जिल्ला प्रशासन तथा क्षेत्रीय जीटीए सरकारलाई पनि धेरै पटक निवेदन तथा ज्ञापन-पत्र बुझाउँदै आएको भए तापनि कुनै सुनुवाइ नभएकाले अजय एडवाडर्स समक्ष गुनासो राख्दा उहाँले तुरुन्तै बाटो खनन कार्य सुरु गर्न सहयोग गर्नुका साथै निर्माण कार्यका लागि सिमेन्ट पठाइदिनुभएको छ। जसका कारण अब टिष्टा भ्यालीको यो बाटो सहज हुने भएको छ। स्मरण रहोस्, अजय एडवाडर्सले तकदाह टिष्टा भ्याली समष्टिको लोवर कम्जोर बासिन्दाहरूको पिउने पानी समस्याको समाधानका लागि पानीको ट्याङ्की निर्माण तथा वर्षायाममा आकाशबाट परेको पानीले बाटोमा समस्या नहोस् भनी यसअघि पनि सिमेन्ट प्रदान गरिसका छन् । यसरी नै पहाडका ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म अजय एडवाडर्सले सक्दो सहयोग पुर्‍याउँदै आइरहेका छन् भनी इण्डियन गोर्खा जनशक्ति फ्रन्ट मिडिया सेलको जानकारी छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ