शान्ति ग्राम लङ्गुरदाङ अलकत्रे सडकको शिलान्यास

Share this news

  रेलिङ, 2 फरवरी (निसं): रेलिङ-कैजले समष्टि अधीनस्थ शान्ति ग्रामदेखि खोलेङटार भएर लङ्गुरदाङ प्राथमिक पाठशाला बुथ नम्बर 23/40 सम्म पथश्री- 4 परियोजना मार्फत पक्की अलकत्रे सडकको शिलान्यास गरिएको छ। रेलिङ-कैंजले क्षेत्रीय सभासद सतिश पोखरेलको मुख्य उपस्थितिमा उनको बहुलीबाट विधिवत रूपमा पूजापाठ गरेर उक्त सडकको शिलान्यास गरियो। यस सडक रेलिङ मानेभञ्ज्याङ मुल सडकदेखि शान्ति ग्राम हुँदै खोलेङटार भएर लङ्गुरदाङ प्राथमिक पाठशाला बुथ नम्बर 23/40 सम्म निर्माण हुनेछ भने उक्त सडक लगभग 3.50 किलोमिटर रहनेछ। नवनिर्माण सडकले ग्रामीण क्षेत्रका दर्जनौं गाउँहरूलाई सडकको सुविधा पुग्ने भएका छन्। जसलाई वैष्णो कन्स्ट्रक्शन कम्पनीले निर्माण गर्ने भएको छ।
जीटीए कार्यकारी सभासद सतिश पोखरेलले बाटो सम्बन्धिमा बोल्दै भने , सडक एकपल्ट बनिन्छ, जसलाई गाउँहरूले मिलेर राम्रोसँग बनाउनुहोस् । मैले विगतका चुनाउहरूमा दिएको वचन आज पूरा गरेको छु, यो बाटो गाउँलेहरूका लागि नयाँ बर्षको उपहार हो, यसैले यो बाटो एकदमै गुणस्तरीय रूपमा निर्माण भएको हुनुपर्छ, भविष्यमा गाउँहरूले कुनै प्रकारको असुविधा भोग्न नपरोस् भनी पोखरेलले ठेगादारलाई  अपील पनि गरेका छन्। अर्कोतिर, यसरी पिता पुर्खाले देखेको पक्की अलकत्रे सडकको सपना सकार भएको भन्दै गाउँलेहरूले राज्यका मुख्यमन्त्री ममता व्यानर्जी , जीटीए अध्यक्ष अनित थापा अनि क्षेत्रीय सभासद सतिश पोखरेलप्रति आभार प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ