एमके प्रधान स्मारक अण्डर-17 कप टिस्टा युनाईटेड विजय

Share this news

पेशोक, 27 जनवरी(निसं):भारतको 77वाँ गणतन्त्र दिवसको अवसरमा बडामंगवा खेलमैदानमा स्व. एमके प्रधान स्मारक अण्डर-17 लात्ते भकुण्डो प्रतियोगिताको चुडान्त खेल वा फाईनल खेल हिजो सम्पन्न भएको आयोजक समितिका सचिव सुरज तिमसिनाले जनाए। सुबोध लेप्चाले सञ्चालन गरिएको उक्त फाइनल खेलमा जीटीए प्रमुख सल्लाहकार अमर लामा मुख्य अतिथिको आसनमा उपस्थि थिए भने फाइनल खेललाई रङ्ली-रङ्लीयट खण्ड पञ्चायत समितिका सभापति देव कुमार छेत्रीले अध्यक्षता गरेका थिए । उक्त खेलको साक्षीको रुपमा सम्मानित अतिथि शुभमनी प्रधान थिए भने क्षेत्रीय सन्हासद मनि प्रसाद राई, सभासद प्रणाम रसाईली लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिवर्ग, शिक्षक-शिक्षिकावर्ग आदि विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।  सम्पन्न चुडान्त खेलमा टिस्टा युनाईटेड बनाम तक्दाह स्पोर्टिङ एसोसिएसन माझ रोमाञ्चक मुकाबला भएको बताईएको छ् भने खेलमा तक्दाह स्पोर्टिङ एसोसिएसनले खेल समाप्तसम्म कुनै गोल गर्न सकेनन् भने टिस्टा युनाईटेडले शुन्यको विरुद्ध दुई गोल गरेर स्व. एमके प्रधान स्मारक लात्ते भकुण्डो प्रतियोगिताको विजेता बने। कार्यक्रमका मुख्य अतिथि जीटीएका मुख्य सल्लाहकार अमर लामा लगायत अन्यहरुको उपस्थितिमा विजेता दल टिस्टा युनाईटेड अनि उपविजेता दल तक्दाह स्पोर्टिङ एसोदिएसनलाई नगद राशी विजय दललाई 60 हजार रुपियाँ साथै ट्रफी अनि उपविजेता दललाई नगद राशी  30 हजार रुपियाँ साथै पारितोषिक प्रदान गरिएको क्लबका सचिवले जानकारी गराउदै उक्त अवसरमा सम्मानित अतिथि शुभमनी प्रधान, कार्यक्रम अध्यक्ष देव कुमार छेत्री, सहकारी सभापति ललित राई, मुख्य अतिथि अमर लामा, सभासदद्वय प्रणाम रसाईली, मनि प्रसाद राई, भुमिदाता शान्ति मुखिया, ग्राम पञ्चायत प्रधान, वार्ड सदष्यहरु आदि लाई सम्बर्धना जनाइएको बताइएको छ।

प्राप्त जानकारी अनुसार, बडा मंगवा युथ क्लबको आयोजनामा सम्पन्न स्व. एमके प्रधान स्मारक अण्डर-17 लात्ते भकुण्डो प्रतियोगिताको चुडान्त खेलको कार्यक्रममा क्लबका सचिव सुरज तिमसिनाले स्वागत सम्भाषण राखेका थिए भने कार्यक्रमका अध्यक्ष एवं रङ्ली-रङ्लीयट खण्ड पञ्चायत समितिका सभापति देव कुमार छेत्री लगायत आमन्त्रित विशिष्ट अतिथिवर्गको बाहुलीबाट दीप प्रज्वलन गरिएको थियो। फाइनल खेल वा चुडान्त खेललाई रोमाञ्चक बनाउन विविध सांस्कृतिक, लोक नृत्यहरुको प्रस्तुती साथै बाल कलाकार सक्षम छेत्रीले बाँसुरीमा मिठा मिठा गीतको धुनको प्रस्तुति दिएर दर्शक-दिर्घामा रहेका श्रोतावर्गको म्न जित्न सफल भएको क्लबका सचिव तिमसिनाले जनाउदै जीटीए मुख्य कार्यपाल अनित थापा, कालेबुङका विधायक रुदेन सादा लेप्चा, क्षेत्रीय सभासद मनिन्प्रसाद राई आदि प्रति बडा मंगवा युथ क्लबलाई सहयोग प्रदान गरे बापत खेल आयोजक बडा मंगवा युथ क्लबले आभार व्यक्त गरेको थप जनाएका छन् भने खेलमा सहयोगको निम्ति चिट्ठा पनि उठाइएको थियो जसको फलाफलको घोषणा पनि गरिएको जनाए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ