विनय तामाङद्वारा सुवोध पाखरिनको वयानको निन्दा

Share this news

गत केही दिन अघि गोर्खा राष्ट्रिय कांग्रेसका दुई सदस्यीय टोलीले भारत सरकारद्वारा मनोनित मध्यस्थकर्ता पंकज कुमार सिहंलाई भेट गरेको थियो।

भेटवार्ता पश्चात गोर्खा राष्ट्रिय कांग्रेसका सुवोध पाखरिनले पत्रकार भेलालाई सम्बोधन गर्दै उनले भने- “हामीले मध्यस्थकर्तालाई भन्यौं, यदि गोर्खाल्याण्ड राज्यको मांग गर्यौं भने नेपालतिर झुकाव देखिन्छ। यसोभन्दा मध्यस्थकर्ताले यस कुरालाई मानिलिएको बताए।”

सुवोध पाखरिनको यस वयानको म कड़ाभन्दा कड़ा शब्दहरूद्वारा निन्दा गर्दछु। म प्रश्न गर्छु सुवोध पाखरिनलाई कि गोर्खाजातिले गोर्खाल्याण्ड राज्यको मांग गर्दा कसरी अनि कुन आधारहरूमा नेपालतिर झुकाव भएको छ ? यतिका वर्षहरूसम्म गोर्खाल्याण्डको आवाज सड़कदेखि संसदसम्म पुग्दा कुनै समयपनि “नेपाल झुकाव” को विषय कतैबाट उठेका थिएनन्। तर आज कसरी पाखरिनबाट उठ्दैछ??? यसोसले गोर्खा राष्ट्रिय कांग्रेस अनि सुवोध पाखरिनले जुन “नेपाल झुकाव” बारे पुर्ण तथ्याकंहरूसहित सर्वसाधारण अघि प्रमाणित गर्न म आग्रह गर्दछु।

गोर्खा राष्ट्रिय कांग्रेसले आफनो मुद्दालाई सही साबित गर्न यस्तो संवेदनशील अनि भावनात्मक विषयलाई लिएर झुटो कुराको सहारा लिनु अति निन्दनीय विषय हो। गोर्खा भएर करोड़ौं गोर्खाहरूको मांगलाई यसरी अर्को देशसित जोड़ेर विवादास्पद बनाउने षड़यन्त्रको म घोर आपति जनाउँदछु।

कालो झण्डा र विरोध त गोर्खा राष्ट्रिय कांग्रेस अनि सुवोध पाखरिनको गरिनुपर्ने हो जसले “नेपाल झुकाव ” बारे प्रथमतः बोले। बाहिरकोलाई किन थाल ठटाउनु, घरकोलाई पो ढोल ठटाउनुपर्ने हो त !

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ