खरसाङ, (निसं): मंगलवार खरसाङ महकुमा शासक कार्यालयमा एसआईआरको सुनवाईको निम्ति आएका मतदाताहरूको भीड़ रहेको थियो। मंगलवार सुनवाईको निम्ति खरसाङ नगरपालिका क्षेत्र लगायत विभिन्न स्थानबाट एसआईआरको सुनवाईको निम्ति मतदाताहरू उपस्थित रहेका थिए। उपस्थित रहेका मतदाताहरू मध्ये कतिपयले आफ्नो नाम नमिलेको, आफ्नो जात नमिलेको, 2002 मा पिताको स्थानमा माताको नाम रहेको, पिताको नाम नमिलेको, पिता र आफ्नो उमेर धेरै फरक रहेकोले सुनवाईमा बोलाइएको बताए।
सुनवाईको निम्ति कार्यलयमा चार-पाँच अघिकारीले कागज पत्र जाँच गरिरहेका थिए। सुनाईको निम्ति कपिय मानिसहरूले बिहान साढ़े आठबजेदेखि बसेको बताए। सुनवाईमा आएका एक मतदाताले 2002 मा आफ्नो पिताको नाम मतदाता सूचीमा अर्कै रहेको तर 2002 पछि चिया बगानमा लेखिएको नाम मतदाता सूचीमा हालिएकोले 2002 मा अर्कै नाम अनि वर्तमान मतदाता सूचीमा अर्कै नाम रहेकोले सुनवाईमा बोलाइएको बताए। तिनले पहिला नोटरीले गरेको एफिडेविट चल्छ भनिएको तर पछि मेडिस्ट्रेडले गरेको अफिडेविट मागिएकोले पुनः एफिडेविट गर्न परेको बताए। धेबि खोला निवासी एक मतदाताले आफ्नो श्रीमतिको पिता र श्रीमतिको उमेर लगभग 50 वर्ष अन्तर रहेकोले सुनवाईमा बोलाइएको बताए।
तिनले भने, अघिको समयमा धेरै छोरा-छोरी जन्मिने गर्थे, मेरो श्रीमति सबै भन्दा कान्छो हो र श्रीमति र ससुराको उमेर लगभग 50 वर्षको फरक छ यसैले सुनवाईमा बोलाइएको हो। माथिल्लो डुमाराम बस्तीकी एक महिलाले आफ्नो तीन छेरा-छोरीको सुनवाईको निम्ति उपस्थित रहेको बताउदै एसआईआरको फारम भर्दा बाजेको नाम हालिएकोले सुनवाईमा बोलाइएको बताए। तिनले आफ्नो तीनै छोरा-छोरी नोकरीमा बाहिर रहेको पनि बताइन्।
सुनवाईको निम्ति मतदाताहरूले घण्टौ लाईनमा उभिन परे तापनि कार्यालयमा उपस्थि बीएलओ, बीएलए, विभिन्न राजनीतिक दलका कार्यकर्ता, महकुमा शासक कार्यालयका कर्मचारीहरूले सबैलाई सक्दो सहयोग गरेकाले बेलुकासम्म पर्खिएर भए पनि मतदाताहरूले सुनवाईको प्रक्रिया पुरा गरेर फर्किए।












