8th Anniversary of Rumtek Sikkim, a creative conceptual platform
8th Anniversary of Rumtek Sikkim, a creative conceptual platform

सृजनात्मक वैचारिक मञ्च रुम्तेक सिक्किमको आठौं वार्षिकोत्सव

Share this news

सृजनात्मक वैचारिक मञ्च रुम्तेक सिक्किमको आठौं वार्षिकोत्सव दुर्गामन्दिर रुम्तेकको प्रेक्षागृहमा मुख्य अतिथि श्रीमती सोनाम छोडेन भोटियाको उपस्थितिमा सम्पन्न भयो। मुख्य अतिथिको कार्यक्रम स्थलमा आगमनमा उनलाई स्वागत गरियो। यसलगत्तै यसपछि प्रेक्षागृहभित्र मञ्चका महासचिव गणेश भण्डारी एवं प्रचार सचिव कृष्णा कृतिको छरितो फुर्तिलो र रसिलो उद्घोषणको सर्व उपस्थित मान्यजनहरूद्वारा मुग्ध कण्ठले प्रशंसा भएको थियो। विविध सांस्कृतिक कार्यक्रमहरूको झलककासाथ लामो समयदेखि मञ्चलाई सहयोग, मार्गदर्शन, मञ्चमा सक्रिय सदस्य रही सेवा पुर्याउने तीन कार्यकर्ताहरूलाई अंग वस्त्र ओढाउँदै सम्मान जनाइयो भने सिक्किमेली नेपाली साहित्यमा कलम चलाउँदै सन् 2024 को साहित्य अकादमी पुरस्कारद्वारा सम्मानित कथा संग्रह छिचीमिराका सर्जक युवा बराल अनन्तलाई पनि मञ्चले अभिनन्दन गर्दै सम्मान गरेको थियो।

सृजनात्मक वैचारिक मञ्चको यस कार्यक्रमको निम्तोलाई शिरोधार्य गर्दै यथा समयमा उपस्थित भई कार्यक्रमको साक्षी बनिदिने स्थानीय एवं स्नेही मनहरूलाई मञ्चको तर्फबाट धन्यवाद दिइयो। सृजनात्मक वैचारिक मञ्च यो कुनै एकल व्यक्तिको होइन अपितु यो समूहको साझा सम्पत्ति हो भन्ने भाव सबैको मनमा लागोस् यही आयोजकहरूको ध्येय रहेको छ। केवल कविता लेख्नेहरको मात्र यो संस्था होइन, केवल कविहरूको भीड पनि यो मञ्च होइन तर यो मञ्च उनीहरू सबैको हो जसले आफ्नो कला कौशल, अनुभव, ज्ञान एवं सामाजिक चेतना लिएर केही न केही सृजना गरिरहन्छन्, समाजलाई मार्ग निर्देशन गर्दछन् , विचारहरूको प्रसार गर्दछन् र भावी पीडीलाई एक असल नागरिक बन्नमा सहयोग गर्दै वैचारिक विवेकको निर्माण गर्दछन् उनीहरू सबैको निमित्त यो मञ्च जानकारी गराइएको थियो।

himalaya darpan today news

Share this news
आजको रोजाइ
खरसाङमा भत्किएको र दबिएको पैदल बाटो मर्मत नभएको गुनासो, स्थानीयले तत्काल सुधारको माग

खरसाङमा भत्किएको र दबिएको पैदल बाटो मर्मत नभएको गुनासो, स्थानीयले तत्काल सुधारको माग

सांसद राजु विष्ट, मुख्यमन्त्री प्रेमसिंह तामाङ र विधायक दुर्गा मुर्मुद्वारा पहाडी माता मन्दिरमा दर्शन

सांसद राजु विष्ट, मुख्यमन्त्री प्रेमसिंह तामाङ र विधायक दुर्गा मुर्मुद्वारा पहाडी माता मन्दिरमा दर्शन

हेप्पीभेलीमा गोरानासको नयाँ शाखा गठन, संगठन सुदृढ गर्ने प्रतिबद्धता

हेप्पीभेलीमा गोरानासको नयाँ शाखा गठन, संगठन सुदृढ गर्ने प्रतिबद्धता

आईजीजेएफद्वारा आपदा राहत र स्रोत-साधनको उपयोगमा पारदर्शिताको माग

आईजीजेएफद्वारा आपदा राहत र स्रोत-साधनको उपयोगमा पारदर्शिताको माग

खरसाङ नगरपालिका मुनिको जोखिमपूर्ण पर्खाल मर्मत कार्य सुरु: स्थानीयले राहत पाएको महसुस

खरसाङ नगरपालिका मुनिको जोखिमपूर्ण पर्खाल मर्मत कार्य सुरु: स्थानीयले राहत पाएको महसुस

खरसाङ नगरपालिकाको वार्ड ५ र ८ को सिमानामा भत्किएको र दबिएको बाटो मरम्मती नहुँदा स्थानीयवासी चिन्तित

खरसाङ नगरपालिकाको वार्ड ५ र ८ को सिमानामा भत्किएको र दबिएको बाटो मरम्मती नहुँदा स्थानीयवासी चिन्तित

गोर्खा जनमुक्ति मोर्चाद्वारा सिप्चु बलिदान पार्क सरसफाइ, शहीदहरूको सम्मानमा संरक्षण अभियान

गोर्खा जनमुक्ति मोर्चाद्वारा सिप्चु बलिदान पार्क सरसफाइ, शहीदहरूको सम्मानमा संरक्षण अभियान

धर्मेन्द्र प्रधानको राजीनामा: विद्यार्थी आन्दोलनपछि शिक्षा मन्त्री पदबाट बाहिरिए

धर्मेन्द्र प्रधानको राजीनामा: विद्यार्थी आन्दोलनपछि शिक्षा मन्त्री पदबाट बाहिरिए

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि CJP संस्थापक अभिजीत दिपकको प्रतिक्रिया: ‘हामीले यो गरिसकेका छौं’

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि CJP संस्थापक अभिजीत दिपकको प्रतिक्रिया: ‘हामीले यो गरिसकेका छौं’

क्राइम थ्रिलर शैलीमा ‘मास्टर्नी’को नयाँ पोस्टर सार्वजनिक, अगस्ट २१ देखि प्रदर्शनमा आउने

क्राइम थ्रिलर शैलीमा ‘मास्टर्नी’को नयाँ पोस्टर सार्वजनिक, अगस्ट २१ देखि प्रदर्शनमा आउने

आजको रोजाइ