गोर्खाल्याण्डको मुद्दा संसदमा पारित हुन्छ कि इन्टरलोक्युटरकोमा:अनित थापा

Share this news

दार्जीलिङ, 25 जनवरी(निसं): धेरै लामो पर्खाइपछि दार्जीलिङ अनि तराई-डुवर्सको समस्या समाधानको निम्ति केन्द्र सरकार द्वारा मनोनित मध्यस्थकर्ता (इन्टरलक्युटर) पङ्कज कुमार सिंह आइपीएस दार्जीलिङ आइपुगे पछि मध्यस्थकर्ता(इन्टरलक्युटर)-लाई विभिन्न राजनैतिक पार्टी तथा जनप्रतिनिधिहरुले भेटिरहेको क्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(भागोप्रमो) अध्यक्ष अनित थापाले आफ्नो अडान स्पष्ट राख्दै भनेका छन्, प्रधानमन्त्री र गृहमन्त्रीले गोर्खाल्याण्ड घोषणा गरोस्, म चुनाव लड्दिनँ, इन्टरलोक्युटर भोट बटुल्न आएका हुन्। गृह मन्त्रालयले गोर्खा समुदायको समस्या बुझ्न पङ्कज कुमार सिंहलाई(आईपीएस) इन्टरलोक्युटर बनाएर दार्जीलिङ पठाएकोछ। सिंहले आज दार्जीलिङ पुगेर विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट सुरु गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(भागोप्रमो) अध्यक्ष अनित थापाले हिमालय दर्पणलाई जानकारी गराउँदै आफ्नो धारणामा भनेका छन्, आगामी फरवरी महिनापछि चुनाव हुनेछ।भाजपाको पक्षमा भोट बटुल्न इन्टरलोक्युटर आएका हुन् ।
गत 2009 सालमा पनि इन्टरलोक्युटर आएका थिए, तर त्यसको कुराकानीको परिणाम के भयो ? यदि इन्टरलोक्युटर-ले संसदमा पारित गरेको गोर्खाल्याण्ड ल्याएको भए म स्वागत गर्ने थिएँ । पहाडमा अहिले शान्ति छ, इन्टरलोक्युटर  पठाएर गलत परिणा सृजना गर्न खोज्दैछ। गोर्खाल्याण्डको मुद्दा संसदमा पारित हुन्छ कि इन्टरलोक्युटरको अगाडि? थापाले प्रश्न राखे।
थापाले गोर्खालाई फेरि मूर्ख बनाउने प्रयास भइरहेको आरोप लगाउँदै भने, गोर्खालाई फेरि मूर्ख बनाउन खोज्दैछ, तर कहिलेसम्म मूर्ख बनाउने हो भनेर जान्दा जान्दै भेट्न गए म आफैं मूर्ख हुन्छु । म मूर्ख बन्न चाहन्नँ । चुनावको छेउमा इन्टरलोक्युटर आउनुको अर्थ के हो ? मैले बुझेको छु, हाम्रो जनताले पनि बुझेका छन्।’
अन्तमा थापाले गोर्खाल्याण्डको मागमा स्पष्ट शर्त राखे । उनले भने, प्रधानमन्त्री र गृहमन्त्रीले गोर्खाल्याण्ड घोषणा गरोस्, म चुनाव लड्दिनँ । चुनाव नजिक इन्टरलोक्युटर पठाउनु भनेको हामीलाई मूर्ख बनाउने मात्र हो, हामी मूर्ख बन्दैनौं।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ