इज्राएली केयर फाउण्डेसन-द्वारा घर निर्माण

Share this news

दार्जीलिङ,23 जनवरी(निसं): परेको बेला सहयोग गर्न पछि नपरौ भन्ने मुलमन्त्रको साथमा रोजगारको निम्ति सिमापार इजरायल पुगेका गोर्खा युवाहरुको सङ्गठन इन्डियन गोर्खा कम्पनी इज्राएली केयर फाउण्फेसनले एक उदारणीय कार्य गरेको छ भने संस्था एक गरिब परिवारको छहारी बन्न सफल भएको छ।यसै क्रममा इण्डियन गोर्खा कम्पनी इजरायल फाउण्डेसनको मुख्य सहयोग तथा एचटीभी खरसाङको विशेष पहलमा निर्माण गरिएको दार्जीलिङ-पुलबजार खण्ड आधीनस्थ चुङथुङ ग्राम पञ्चायतको लोवर चुङथुङमा रहेको बढाटार निवासी कुमार लिम्बु उर्फ खड्कबहादुर लिम्बुको नयाँ घर निर्माण पुरा गरि सोमबार हस्तान्तरण गरिएको छ।

उक्त दम्पत्ति पति कुमार लिम्बु र पत्नी डोमा तामाङको अत्यन्तै जीर्णावस्थामा रहेको खबरलाई सोसियल मिडियामा देखेपछि उक्त जीर्णावस्थामा रहेको घरलाई नयाँ मरमत्तिको लागि पहल गरिएको थियो भनी जानकारी प्राप्त भएकोछ।जानकारी अनुसार, संस्था ईण्डियन गोर्खा कम्पनी इजरायल फाउण्डेसनको सहयोगमा निर्माण गरिएको छ। उक्त नयाँ घरको उदघाटन गरेर गृह प्रवेस गराइएको छ।‌

यस अवसरमा कुमार लिम्बुको दम्पत्तिलाई पुरानो घरबाट नयाँ घरमा सारिएको छ भने अतिथिहरुका बाहुलीबाट खदार्पण गरेर बधाई पनि दिइएको छ। यस अवसरमा अतिथिको रुपमा प्रेस क्लब अफ् खरसाङको सभापति एवं वरिष्ठ पत्रकार मुरारीलाल पञ्चम, पत्रकार किरण छेत्री, हनोक थापा,सुमन गुरुङ लगायत अन्यहरु उपस्थित रहेका थिए।
उक्त दम्पत्तिलाई जाडोमा ओढ्ने ओछ्याउने लुगाहरु विकरन फाउण्डेशनको तर्फबाट सहयोग गरिएको जानकारी प्राप्त भएको छ।‌ उक्त दम्पत्तिको नयाँ निर्माण र उदघाटन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै एचटिभीका खरसाङको निर्देशक एंव ईण्डियन गोर्खा कम्पनी इजरायल फाउण्डेसनको संयोजक राजेन्द्र तामाङले एक थुकी सुकी हजार थुकी नदी भन्ने चरितार्थ सफल पार्दै आफुहरु बिप्पनको छाहारी हुन पुगेको बताए।
यसैगरी सरकारी विभागहरुमा मात्रै निर्भर नभएर परेको बेलामा केहि गर्नुपर्छ भन्ने मन बनाएमा सफलता आवस्यक मिल्नेमा आफुहरु बिस्वस्त रहेको घर निर्माणमा मुख्य भुमिका निभाउने पत्रकार अमरजीत स्याङ्देनले बताए भने यस्तो कामलाई प्रेरणामा लिएर पहाडभर नै बिप्पनहरुले छहारी पाउनेमा आशा व्यक्त उनले गरे। अर्कोतिर आफुहरुले जिन्दगीभर गर्न नसकेको कुरा पुरा गरिदिएकोमा यो गुण जीवनभर कदापि नभुल्ने सुब्बा परिवारले बताए।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ