युवाहरूको सपना र संकल्पले बनिँदै राजाहट्टा

Share this news

युवा दर्पण 

किरण छेत्री

यस्तो छ राजाहट्टा बस्ती

दार्जीलिङ र खरसाङ क्षेत्रको सिमानामा अवस्थित शान्त र सुन्दर गाउँ हो राजाहट्टा बस्ती। सोनादा बजारदेखि लगभग तीन किलोमिटर टाड़ो राजाहट्टा खासमल बस्ती हो। यो गाउँ खरसाङ महकुमा तथा जोरबङ्लो-सुकेपोखरी खण्डको अधिकार क्षेत्रभित्र पर्छ। करिब एक सय भन्दा बढ़ी जनसंख्या रहेको राजाहट्टा बस्ती कृषि प्रधान गाउँ हो। यहाँका अधिकांश बासिन्दा कृषिखेतीमाथि निर्भर छन्। यहाँ विशेषगरी सागसब्जीको खेती गरिन्छ। गाउँ सानो भए पनि यहाँको संस्कार, आपसी सम्बन्ध, सद्भावना बलियो छ।

जिरो वेस्ट भिलेज

दार्जीलिङ पहाड़कै प्रथम जिरो वेस्ट भिलेजको उपमा पाउने गाउँ हो राजाहट्टा बस्ती। आठ माइलस्थित टिडी पर्माकल्चर तथा फरेष्ट गार्डनको सक्रिय पहलमा लामो अभ्यासपछि सन् २०२०-२१ मा राजाहट्टा बस्तीलाई पहिलो जिरो वेस्ट भिलेजको उपमा प्राप्त भएको हो। राजाहट्टा पहिलेदेखि नै स्वच्छ गाउँ थियो। वर्षभरि यहाँको समाज, स्वनिर्भर समूह, युवा केन्द्र आदिद्वारा सफाइ कार्यक्रम गर्दै आइरहेको छ। तथापि सफाइ भए तापनि फोहोर प्रबन्धनलाई लिएर हुने समस्याकै कारण टिडीको पहलमा फोहोर प्रबन्धनको व्यावहारिक ज्ञान कार्यान्वयनमा लिएपछि नै लामो अभ्यासपछि अन्तत: राजाहट्टा बस्तीले जिरो वेस्ट भिलेजको ट्याग पाएको हो।

‘‘आफ्नो गाउँ आफै बनाऔँ, आफ्नो ठाउँ आफै चिनाऔँ’’

यो ट्यागलाई कायम राख्न गाउँवासी निरन्तर लागिपरेका छन्। हप्ता-पन्ध्र दिनको अन्तरालमा टिडीका स्वयंसेवीहरुद्वारा घरलौरी फोहोर संकलन गरिन्छ। जुन फोहोर छुट्याउने विधिबारे पनि राजाहट्टाका अधिकांशलाई तालिम दिइसकेको छ। गाउँमा जताततै फोहोर फ्याँक्न, गाड़्न या जलाउन पूर्णरूपमा प्रतिबन्ध छ। विशेषगरी प्लास्टिक जनीय फोहोर व्यवस्थापनलाई प्राथमिकता दिइन्छ।

प्रकृतिको सौन्दर्यभित्रको गाउँ राजाहट्टाl फोटो: किरण छेत्री

सन् २०२५ को प्रारम्भमा गाउँका उर्जाशील युवाहरूद्वारा गठन भएको छ राजाहट्टा एक्सप्लोर ग्रुप। ग्रुपका क्रिएटिभ हेड सागर तामाङका अनुसार, पाँच वर्षअघि टिडी पर्माकल्चार फाउन्डेसनले फोहोर व्यवस्थापनबारे गाउँमा तालिम दिएको थियो। तालिम पाएपछि ग्रुपका सदस्यहरूले पनि ठाउँ ठाउँमा तालिम दिँदै फोहोर व्यवस्थापनबारे जागरुक गराउने काम गरिरहेको उनी बताउँछन्। उनले बताएअनुसार, गाउँ-घरबाट जमा भएको फोहोर टिडीले लैजान्छ र यसको मूल्य प्रति किलो दुई रुपियाँ दिइन्छ।

यहाँ हुन्छ जैविक खेती

राजाहट्टा बस्तीको मूल जीविकोपार्जन तथा मूल आयस्रोत भनेकै कृषि हो। राजाहट्टा साधारणत: कृषि प्रधान गाउँ हो। यहाँका अधिकांश मानिस कृषि माथि नै निर्भर छन्। यहाँ विशेषगरी फूलकोपी, मूला, गाजर, साग, इस्कुस, मटर आदि सब्जी खेती गरिन्छ। यहाँको भौगोलिक अवस्थानको हिसाबले यहाँ सब्जी खेती सप्रिन्दो छ। यहाँका सब्जीहरू सबै जैविक छन्। यहाँको खेतीमा रसायन मिलावट छैन। खासमल बस्ती भएकाले यहाँका सबै बासिन्दाहरूको आआफ्नो जमिनको स्वमित्व अथवा पर्जापट्टा छ। जसको फलस्वरुप यहाँका कृषकहरूले वर्षेनी सरकारद्वारा दिइने सहुलियत पनि उपभोग गरिरहेका छन्।

पहिला राजाहट्टाका बासिन्दा सय प्रतिशत कृषिमाथि निर्भर थिए। तर केही वर्षयता वन्यजन्तुको एकोहोरो उत्पातले लगाएको बाली नष्ट भएपछि कृषकहरू कृषिदेखि निरुत्साहित बनिरहेका छन्। फलस्वरुप कृषि छोड़ेर अन्य रोजगारतर्फ अग्रसर भइसकेका छन्। हाल औसत मात्रामा यहाँ कृषिमाथि निर्भर छन्। तथापि पहिलेको तुलनामा हाल सब्जीको बढ़्दो मूल्य तथा बजार नजिक रहेकाले भने कृषकहरू पुनः कृषिप्रति आकर्षित बनिरहेका छन्।

पूर्खाको पौरख, मेहनत र् संघर्षलाई स्मरण गराउँदै आयोजना गरिएको ‘डोको ट्रेल रन’।  फोटो: किरण छेत्री

गाउँमा विस्तार हुँदैछ पर्यटन

दार्जीलिङ पहाड़मै बढ़्दो ग्रामीण पर्यटनसँगै हाल राजाहट्टा बस्तीमा पनि ईको टुरिज्म विस्तार भइरहेको छ। सन् २०२५ को प्रारम्भ युवाहरूद्वारा गठन भएको राजाहट्टा एक्सप्लोर ग्रुपले  राजाहट्टा बस्तीलाई ईको टुरिजमतिर ढाल्न प्रयास गरिरहेको छ। हाल राजाहट्टामा आधिकारिक रुपमा एउटा मात्रै होमस्टे ‘प्रधान होमस्टे’ संचालन भइरहेको छ। सिटोङ अनि चटकपुर बीच ईको टुरिजमको प्रशस्तै सम्भावना बोकेको राजाहट्टा बस्ती यथाशीघ्र नै पर्यटनको मानचित्रमा अटाउने संकेत देखिँदैछ। यहाँको पर्यटनको मूल आकर्षण भनेकै जैविक खेती अनि ग्रामीण जीवनशैलीलाई लिन सकिन्छ। यसबाहेक राजमार्गदेखि एकदमै नजिक तथा विमास्थल र रेलवे जंक्सनदेखि पनि नजिक पर्ने भएकाले पर्यटकहरुका लागि सहज पर्यटकीय गन्तव्य बन्नसक्छ राजाहट्टा बस्ती। अनाधिकृत रुपमा यहाँ दैनिक देश-विदेशका कति पर्यटक समूह घुमेर फर्किसकेका छन्। ती पर्यटकहरूको सकारात्मक प्रतिक्रिया रहेको छ।

राजाहट्टा एक्सप्लोर ग्रुप

स्वस्थ अनि स्वच्छ समाज निर्माण गर्न अग्रगामी विचार भएका युवाहरूद्वारा गठन गरिएको समूह हो राजाहट्टा एक्सप्लोर ग्रुप। गाउँबाट पलायन रोक्न र गाउँमै नयाँ रोजगार सिर्जना गर्नलाई ‘आफ्नो गाउँ आफै बनाऔँ, आफ्नो ठाउँ आफै चिनाऔँ’ भन्ने नारासहित नवगठित समूहले ईको पर्यटनको आवधारणासँगै विभिन्न सामाजिक कार्यहरू गरेर ध्यान केन्द्रित गर्ने कार्य गरिरहेको छ। यसबीच समूहले सफाइ कार्यक्रम, सचेतना कार्यक्रमसँगै पूर्वनिर्धारित ‘डोको ट्रेल रन २०२५’ व्यापक सफलता हासिल गर्‍यो। उक्त कार्यक्रमलाई समूहको वार्षिक कार्यक्रममा समावेश गरिने अनि दार्जीलिङ पहाड़मै प्रथमचोटि आयोजित यो दौड़लाई अझ उच्च स्तरमा आयोजन गर्ने निर्णयमा पुगेको छ।

डोको ट्रेल रनबारे राजाहट्टा एक्सप्लोर ग्रुपका सदस्यद्वय विशाल राई र आनन्द छेत्रीको भनाइ यस्तो छ- ‘‘राजाहट्टा कृषिखेतीमा जीवन धान्ने गाउँ हो। गाउँको दैनिक जीवन डोको बोकेर शुरु हुन्छ। पूर्खाले डोकोमै सागसब्जी, घाँस-दाउरा बोकेर जीवनयापन गर्थे। पूर्खाको पौरख, मेहनत र् संघर्षको प्रतीक रहेको छ डोको ट्रेल रन।’’

जनसमस्या र चुनौतीहरू

राजाहट्टा बस्ती सुन्दर गाउँ भए तापनि अझैसम्म पनि यो गाउँ आधारभूत समस्यासित जुझ्न बाध्य छ। मुख्यतः गाउँलाई जोड़्ने सड़क निर्माण नभएकोले यातायातको असुविधाले विकासदेखि वञ्चित छ राजाहट्टा। बिजुली र पानी जस्ता बुनियादी कुराहरूको समस्या नरहे तापनि राजाहट्टाको मूलभूत समस्या भनेको बाटोको हो। बाटोको अभावमा विशेषगरी आपतकालीन स्थिति यस्तो छ, सिकिस्त विरामीलाई अस्पताल लैजान र ल्याउन एकदमै सास्ती भोग्नुपर्छ। दुई वर्षअघि मात्रै गाउँबीच कच्चा सड़क खनिसकेको छ भने हालैमा पक्का सड़क निर्माणका लागि सरकारी योजनाको काम अनुमोदन भइसकेको छ। यसपछि गाउँले काँचुली फेर्ने तथा सार्वाङ्गिण विकास हुने सम्भावना देखिएको छ।

निष्कर्ष: यसरी हेर्दा, राजाहट्टा बस्ती सानो भए पनि सोचमा ठूलो गाउँ हो। स्वच्छता, जैविक खेती, सामुदायिक एकता र युवाको अग्रसरताले यो गाउँले दार्जीलिङ पहाड़मै उदाहरणीय पहिचान बनाएको छ। जिरो वेस्ट भिलेजको उपमा, ईको पर्यटन विस्तारका साथ राजाहट्टा अब सम्भावनाको यात्रामा अगाड़ि बढ़्दैछ। परम्परा र आधुनिकताको सन्तुलन कायम राख्दै ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने नारालाई व्यवहारमा उतारिरहेको राजाहट्टा बस्ती भविष्यमा दिगो विकासको नमुना गाउँका रूपमा स्थापित हुनेमा कुनै शंका छैन।

 

 


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ