‘Viral Baini’ is encouraging other daughters and sisters also
‘Viral Baini’ is encouraging other daughters and sisters also

‘भाइरल बैनी’को कार्य अरू छोरी-चेलीहरूलाई प्रोेत्साहन

Share this news

सामाजिक सञ्जालमा पछिल्लो समय ‘भाइरल बैनी’ (वास्तविक नाउँ- तृप्ति राई) भनेर चिनिने कालेबुङ जिल्ला अन्तर्गत राष्ट्रिय राजमार्ग 10 को 27 माइलमा सडकछेउ फलफूल बेच्ने एक किशोरीको चर्चा तीब्र रूपमा बढेको छ। सुरुवातमा सामान्य जिज्ञासा र सहानुभूतिबाट सुरु भएको यो ध्यान अहिले भने  कन्टेन्ट उत्पादनको दौडमा परिणत भएको देखिन्छ। बाटोमै सवारी साधन रोकेर फोटो खिच्ने, भीडीयो बनाउने र ती सामग्री सामाजिक सञ्जालमा हाल्ने क्रम बढ्दो छ, जुन धेरैजसो अवस्थामा उनको स्पष्ट सहमति बिना नै भइरहेको छ। आजीविकामा निर्भर व्यक्तिको मौनतालाई सहमतिका रूपमा बुझ्नु उचित हुँदैन। यो प्रवृत्तिले त्यही क्षेत्रमा बसेर व्यवसाय गर्ने अन्य विक्रेताहरूलाई पनि प्रत्यक्ष असर पारेको भनाइ छ। सबैको ध्यान एउटै व्यक्तितर्फ केन्द्रित हुँदा अरू फलफूल बेच्नेहरू ओझेलमा परेका छन्। सामाजिक सञ्जालको एल्गोरिदमले नवीनता र भाइरल क्षणलाई प्राथमिकता दिन्छ, तर त्यसको सामाजिक प्रभाव र समानताको प्रश्नलाई बेवास्ता गर्छ। तर यसबारेमा कसैले सोधेको प्रश्नकोे उत्तर दिंदै भाइरल बैनी भन्छिन्,

“होइन, त्यस्तो होइन, यो हाइवे हो, यहाँ सबैजना रोकिन्छन्। धेरै मानिसहरू फोटो र भीडीयो खिच्न आउँदा सुन्तला धेरै बिकेजस्तो लागेको होला, तर यहाँ सबैको सुन्तला यसैगरी बिकिरहेको छ।”

यसले श्रमको गरिमाभन्दा ‘भ्यु’ र ‘लाइक’लाई प्राथमिकतामा राखिएको कटु यथार्थ उजागर गरेको छ।

मुख्य प्रश्न भनेको- यो भाइरल ध्यानले ती किशोरीलाई दीर्घकालीन रूपमा सशक्त बनाउँछ कि केवल भीडीयो बनाउनेहरूलाई मात्र फाइदा पुर्‍याउँछ ? सहमति, आत्मनिर्णय र दिगो समर्थनबिना यस्तो लोकप्रियता क्षणिक हुन्छ। यदि समाजले साँच्ची कै अनौपचारिक क्षेत्रका श्रमिकहरूको उत्थान चाहन्छ भने, क्षणिक सहानुभूति र ट्रेन्डभन्दा माथि उठेर जिम्मेवारपूर्ण व्यवहार देखाउन आवश्यक छ। नत्र, ‘भाइरल बैनी’ पनि सामाजिक सञ्जालले प्रयोग गरेर बिर्सिने अर्को कथामात्र बन्ने जोखिममा छ।

प्रीतिको कथाले भाइरल हुने प्रक्रियाका दुई पक्षलाई स्पष्ट रूपमा देखाउँछ। आजको डिजिटल युगमा केही सेकेन्ड नै उनलाई चर्चाको केन्द्रमा ल्याउन पर्याप्त भए। परिवारको सहयोगका लागि पढाइ नछोडी सुन्तला बेच्दै संघर्ष गरिरहेकी त्रिप्तीलाई धेरैले प्रशंसा गरे पनि, त्यहीसँगै असंवेदनशील टिप्पणी र आलोचनाहरू पनि देखिए। प्रीतिलाई कसैको दया चाहिएको छैन- उनी चाहन्छिन् सम्मान, शिक्षा र आत्मसम्मानका साथ अघि बढ्ने अवसर। वास्तवमा एउटी विद्यार्थीले आफ्नो शिक्षालाई अघाडि बढाउन, परिवारै धान्न पनि गरिएको यो प्रयास सराहनीय छ। यस कार्यले अन्य छोरी-चेलीहरूलाई प्रोेत्साहन पनि पुगिरहेको छ। हामी शिक्षा आर्जनपछि नोकरीमाथि ध्यान दिन्छौं। तर ब्यापार-ब्यवसायमा लाग्नु अझ स्वतन्त्र भई जीवन धान्ने माध्यम र सुयोग पाइन्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ