आईजीजेएफ दार्जीलिङ महकुमा समितिका संयोजक चयन

Share this news

दार्जीलिङ, 20 जनवरी (नितं): इण्डियन गोर्खा जनशक्ति फ्रेण्टले पार्टीको दार्जीलिङ महकुमाका लागि प्रमुख संयोजकका रुपमा पुरण तामाङलाई मनोनित गन्यो भने नारी संयोजिकाका रूपमा नोरा सुब्बालाई अनि युवा संयोजकका रूपमा राब्गे राईलाई मनोनित गन्यो। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीको दार्जीलिङ महकुमा कर्मी सम्मेलनको अवधि नै पार्टीको दार्जीलिङ महकु माको प्रमुख संयोजकको भार पुरण तामाङलाई, नारी संयोजकका रुपमा नोरा सुब्बालाई अनि युवा संयोजकका रुपमा राब्गे राईलाई नियुक्त गरेको हो। यसैबीच, पार्टीले हाल पार्टीमा समर्थनपार्टीको केन्द्रीय कार्यालयमा नै आएर समर्थन जनाइरहेको पनि पार्टीले बताएको छ। पार्टीले भनेअनुसार, इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन जनाउनेहरूको घुँइचो लागेको छ। जनाउनेहरूको ओइरो लागिरहेको पनि दावी गरेको छ।

विभिन्न स्थानहरूबाटयसै क्रममा आज पोख्रेबुङ चामुङ समष्टि, नागरी धजे समष्टि अनि तराई डुवर्स क्षेत्रको उद्‌लाबारी बजार क्षेत्रका भाजपा र तृणमूल कंग्रेसका नेतृत्वहरूले आईजीजेएफको भिजन र अजय एडवर्ड्सको इमान्दारिताबाट प्रभावित भएर पार्टीमा सामेल भएका छन्। दार्जीलिङको मल रोडस्थित आईजीजेएफ केन्द्रीय कार्यालयमा नैएक समर्थन सभा सम्पन्न भएको थियो। आयोजित समर्थन सभामा पार्टीका केन्द्रीय संयोजक अजय एडवर्ड्स स्वयं उपस्थित थिए। समर्थन सभाको क्रममा आईजीजेएफ केन्द्रीय कार्यकारिणी सदस्य एल्फ्रेड तामाङको नेतृत्त्वमा तराई डुवर्सको उद्‌लाबारी क्षेत्रका भाजपा तथा तृणमूल कंग्रेसका प्रभावशाली नेतृत्वहरू प्रेम तामाङ, विजय पोद्धार, कैलाश मोहत आईजीजेएफको तराई डुवर्स जनशक्ति फ्रण्टमा सामेल भए। पार्टी केन्द्रीय संयोजक अजय एडवर्ड्सले उनीहरूलाई खदा लगाएर पार्टीमा स्वागत जनाए। तराई डुवर्स क्षेत्रमा संगठन बिस्तार आदि जस्ता विषयहरूमा गहनताको साथ काम गर्नेउनीहरूले पार्टीलाई वचन दिएका छन्।

त्यसरी नै नागरी धजे समष्टिका समष्टि अध्यक्ष एसके राई, त्यसरी नै पोखेबुङ चामुङ समष्टिबाट के न्द्रीय कार्यकारिणी सदस्य पुकार गहतराजको नेतृत्वमा २० परिवारले आईजीजेएफको झण्डा समाए। जसमा सुजता तामाङ, प्रेमसाङ तामाङ, अनिता तामाङ, सिया तामाङ, नविन तामाङ, सोकेन तामाङ, सुरज तामाङ, सुनिल तामाङ, लक्ष्मन तामाङ, साङदोर्जे तामाङ, रज्ञ्जन राई, सुशिल गुरूङ, सुरज तामाङ आदि मुख्यरूपले सामेल छन् । उनीहरूले आईजीजेएफ पार्टीको भिजन मन परेर नै पार्टीमा सामेल भएको बताएको पनि पार्टीले जनाएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ