सिंग्रीताम ग्राम पञ्चायत सोसियल कञ्जर्भेसन कोलकताको निरिक्षण 

Share this news

पेशोक,19 जनवरी(निसं): सिग्रीम्ताम ग्राम पञ्चायत संसद संख्या पाँचमा सोयल सिंग्रीताम ग्राम पञ्चायत सांसद पाँचमा सोयल कञ्जरभेसन कोलकताको निरिक्षण निरीक्षण हेतु कृषि विभागीय निर्देशक सोसियल कञ्जर्भेसन मुख्य कार्यालय पश्चिम बंगाल सरकारको पक्षबाट त्रिटेकर मण्डल तथा सह-निर्देशक पश्चिम बंगाल राज्यको तर्फबाट पोनर बसु दार्जीलिङ सोसियल कञ्जर्भेसन जिल्ला निर्देशक पीएम बस्नेतको भ्रमण सम्पन्न कार्य भयो। सिंग्रीम्ताम क्षेत्रका कृषकहरुसित सम्बन्धित निकायबाट प्राप्त गरेका बिभिन्न सहुलियत विषय अन्तरक्रिया साथै के कति प्रगती गरिएकोबारे चर्चा-परिचर्चा गरे। सिग्रीम्ताम पेनाङ होम स्टेमा भएको अन्तरक्रियामा सिग्रीम्ताम ग्राम पञ्चायत संसद संख्या पाचका सांसद एवं कृषि एवं पशु विकास सम्पदा सञ्चालक उप-समितिको पक्षबाट धिराज राई,फुर्बा छिरिङ लेप्चा, बिष्णु कुमार मुखिया, सिंग्रीम्ताम बुनियादी पाठशालाका प्रधान अध्यापक शरद कुमार राई,बिकास थुलुङ तथा केआर थुलुङले अंश ग्रहण गरे तथा उक्त विभागीयबाट पाएका सहुलियतले के कति फाइदा पुग्दै गरेका विषयमा जानकारी लिए तथा आउँदो दिनमा दिने भर्मी वम आईफल आरुचा कहाँ र कसरी लगाईने र कसरी तयार गरीन्दैछ भन्ने विषयमा पनि जानकारी लिए। सिंग्रीम्ताम प्रगतिशील कृषकहरु सित अन्तरक्रिया गर्न पाउँदा निर्देशक पोनर बसुले उपस्थित कृषिकहरुलाई धन्यवाद दिए। अझै पुत्का र पुत्काको मह देखेर तथा यस विषय जानकारी वचन पाउँदा आफुले नयाँ पाठ सिक्ने मौका साथै स्थानीय जस्तै चुवाको बोट तथा फूल विषय जानकारी लिन पाउँदा आजको परिभ्रमणले धेरै कुरो सिक्ने मौका पाएको कुरा बताउनु भयो।यसका साथै आबागाडोको रुख र फल विषय जान्न पाउँदा कृषि विभागको एउटा पाठ नै पढ्ने सुअवसर मिल्यो भन्दै खुशी व्यक्त गरे। सम्बन्धित निकायबाट दिएका कुखुरा अनि अण्डा तरकारीको रुपमा भोजनसित खान पाउँदा सिंग्रीम्ताम बासीको रुची तथा मेहनतप्रति तृप्त रहेको कुरो बताउनु भयो।यसरी नै सिंग्रीम्तामका कृषकहरूको मेहनत तथा परिश्रमले पहाडको नाम रोशन गरेवापत धन्यवाद पनि दिए तथा आउँदो दिनहरुमा पाईने सहुलियतहरु विषय अझै जोस र जाँगर चलेको कुरो व्यक्त गरे । सिंग्रीम्ताम ग्राम पञ्चायत संसद संख्या पाचका सांसद सदस्य  धिराज राईले सम्बन्धित  विभागीयलाई धन्यवाद दिँदै आउँदो दिनहरुमा अझै कृषकहरुलाई सहुलियत प्रदान गरिने अपिल गरे ।पुत्का विषय जानकारी दिने क्रममा  शरद कुमार राई ले सहज रूपमा उनीहरुलाई बताए । बिष्णु कुमार मुखियाले सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा तुलाराम राईले धन्यवाद ज्ञापन राखे भने पुन: एकपल्ट उक्त क्षेत्रमा भविष्यमा परिभ्रमण गरिने र विभिन्न सहुलियत दिलाई दिने बचन बिभाकीय पक्षबाट राखे।उक्त जानकारी धिराज राईले दिए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ