छुजाचेन स्पोर्ट्स एकाडमी अनि एमएफसी मानेभञ्ज्याङ सेमिफाइनल प्रवेश

Share this news

लामा गाउँ,17 जनवरी(निसं): दार्जीलिङ,16 जनवरी(निसं): छुजाचेन स्पोर्ट्स एकाडमी महिला वर्ग अनि एमएफसी मानेभञ्ज्याङ पुरुष वर्गको  सेमिफाइनल प्रवेश गरेकोछ। छुजाचेन स्पोर्ट्स एकाडमी सुपर गल्सतर्फ तथा एमएफसी मानेभञ्ज्याङ लामागाउँ गोल्डकपको पुरुषतर्फको सेमिफाइनल प्रवेश गरेको छ।

लामागाउँ वेलफेयर सोसाइटी लामागाउँद्वारा बिहीबार आयोजित भिन्नभिन्न खेलमा बिजयी बन्दै यी दुई दल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो। यसैबीच सुपर गर्ल्स गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो संस्करणमा छुजाचेन स्पोर्ट्स एकाडमी (सीएसए), सिक्किमले टुर्नामेण्टको दोस्रो क्वार्टर फाइनल म्याचमा केजी फूटबल एकाडमी विरुद्ध 3-0 गोलको फराकिलो जीत हासिल गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

सेभेन ए साइड प्रारूपमा हुने टुर्नामेण्टमा जम्मा  8 वटा टीमले हिस्सा लिएका छन भने टुर्नामेण्टको फाइनल आगामी 31 जनवरीमा हुनेछ। यसैगरी मानेभञ्ज्याङ एफसी ट्राइ ब्रेकरमा रोमाञ्चक जीतको साथ सेमिफाइनलमा प्रवेश गरेको छ। निकै रोमाञ्चक भएको दोस्रो क्वार्टर फाइनल म्याचमा मानेभञ्ज्याङले कुमार स्पोर्टिंग क्लब सिक्किम विरुद्ध पेनल्टी शूटआउटमा 6-5 गोलले जीत हासिल गऱ्यो।

खुबै प्रतिस्पर्धात्मक भएको खेलको निर्धारित समयमा स्कोर 3-3- को बराबरीमा रहेपछि खेल अतिरिक्त समय हुदै ट्राइ ब्रेकरमा पुगेको थियो जहाँ कुमारमाथी मानेभञ्ज्याङ भारी परेको थियो। विजेता टीमका अनिवेश राईलाई प्लेयर अव् द म्याच घोषित गरियो। सेभेन ए साइड प्रारूपमा हुने टुर्नामेण्टमा जम्मा सोह्रवटा टीमहरुले हिस्सा लिएको थियो भने टुर्नामेण्टको समापन आगामी गणतन्त्र दिवसमा हुनेछ।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ