दार्जीलिङ,16 जनवरी(निसं): किराँती खम्बु राई सांस्कृतिक संथान(केकेआरएसएस) ग्लेनवर्ण चियाबारी बङा गाउँ शाखाद्वारा किराँत राई जातिको नयाँ वर्ष यालेदोङ याले सम्वात 5086 तथा साकेला कार्यक्रमको सम्पन्न गरियो। विशेष, कार्यक्रम ग्लेनवर्ण चियाबारी बङा गाउँ शाखाद्वारा गत साल झै यसपाली पनि भव्त अनि सभ्यको साथमा मनाएको जानकारी आयोजक समितिले बताएकोछ। किराँती खम्बु राई जातिको यस यालेदोङ पर्वमा आयोजक समितिद्वारा दार्जीलिङ केकेआरएस केन्द्रीय समिति प्रतिनिधि टोली किशोर राई जिल्ला समिति सभापति दिवस सोताङ राई, केकेआरएस सेवा समिति सचिव एवम् केन्द्रीय समिति सदस्य पुरण राई दार्जीलिङ माङखिम समिति सदस्य असमिता राई केकेआरएस अफिस सचिव आदि उपस्थित थिए भने यस महत्त्वपूर्ण यालेदोङ कार्यक्रमका प्रमुख अतिथि योगेश राई थिए साथै विशिष्ट अतिथिहरुमा लामा हट्टा उच्च माध्यमिक विधालायका भूतपूर्व प्रधान अध्यापक दिपक कुमार राई किशोर राई केकेआरएस भूतपूर्व केन्द्रीय समिति सदस्य, गणेश राई भूतपूर्व केन्द्रीय समिति सदस्य साथै अन्य विविष्ट अतिथिहरुको उपस्थित रहेको जानकारी कार्यक्रम आयोजक समितिले दिएकोछ। यस महत्त्वपूर्ण यालेदोङ कार्यक्रमहरु पुजा अर्चना माङपा आरोप चामलिङ राईद्वारा एकदमै राम्रोसँग विधि-विधानमा आरम्भ गरे, साथै दार्जीलिङ हरसिङ सिल्ली टोलीको पनि यहाँ उपस्थित रहेको थियोे अनि सिल्ली टोलीद्वारा आफ्नो खम्बु राई जातिको संस्कार-संस्कृति अनि परम्पराहरु सिल्ली नित्यद्वारा पेश गरिएको जानकारी पनि आयोजक समितिका सभापति प्रदिप सोताङ राई अनि सचिव अजित राईद्वले दिएका छन्। यसै क्रममा ग्लेनवर्ण चियाबारी बडा गाउँ शाखाद्वारा स्थानीय क्षेत्रका चार जना नानीहरुलाई पनि उनीहरु भारतीय सेना अग्निवीर पदमा नियुक्ति भइ आफ्नो क्षेत्रको नामलाई उच्च शिर सम्म पुराइ सफल बनाई दिएकोमा उनीहरुलाई शाखाद्वारा सम्बर्द्धना-पत्र प्रदन गर्दै सम्मान जनाइयोम यस महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुने सम्पूर्ण किरुवा परिवार लगायत यस क्षेत्रका सबै जन सामुदायहरु प्रति धन्यवाद आभार व्यक्त आयोजक समितिद्वारा गरियो।












