दिल्लीमा बसोवास गर्दै आएका गोर्खाहरूले आफ्ना प्रिय गायक प्रशान्त तामाङलाई श्रद्धाञ्जली चढाए। यहाँको सफदरजङ्ग स्थित गोर्खा भवनमा आयोजित श्रद्धाञ्जली सभामा तामाङलाई मङ्गलबार श्रद्धाञ्जली चढाए। जसमा सम्पूर्ण दिल्लीकासंघ- संस्थाहरुका पदाधिकारी अनि सदस्यहरू उपस्थित रहेका थिए। यसक्रममा हाम्रा इन्डियन आइडल 3, का विजेता प्रशान्त तामाङको असामयिक निधनमा उनको चिर आत्मिक शान्तिको कामना गरे। यसरी नै उनको शोकित परिवारमा हार्दिक समवेदना प्रकट गरे। अश्रुपूर्ण श्रद्धांजली अर्पण गरे। गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिको तत्वावधानमा आयोजना गरिएको उक्त श्रद्धाञ्जली सभामा वक्ताहरूले देश र विश्वभरिकै गोर्खाहरू प्रशान्त तामाङको इन्डियन आइडल 3 प्रतियोगिताको माध्यमबाट एकत्रित भएको बताए। तामाङको सरीर माटोमा बिताएर गए तापनि उनी गोर्खाहरूको हृदयमा अमर रहने बताएको नयाँ दिल्लीका विशिष्ट समाजसेवी उत्तम कुमार छेत्रीले जानकारी गराएका छन्।












