Kramakapa thanked MP Bista and the Election Commission
Kramakapa thanked MP Bista and the Election Commission

सांसद बिष्ट अनि चुनाव आयोगलाई क्रामाकपाको आभार व्यक्त

Share this news

क्रामाकपा श्रमिक संगठनका नेता सुनिल राईले सांसद राजु बिष्ट अनि भारतको चुनाव आयोगप्रति आभार व्यक्त गरेका छन्। सांसद राजु बिष्टकै अपीलमा सम्पूर्ण चिया बगानहरूमा बसोवास गर्ने श्रमिक जनसाधारणको निम्ति पश्चिम बंगाल चुनाव आयोगले एस.आई .आर. प्रक्रियाको कागजातमा छुट दिएर बगान कार्यरत प्रूफ, घरको होल्डिङ्ग नम्बर, पी. एफ. नम्बर आदिलाई चिया बगान वासीहरूको निम्ति एस.आई .आर. को निम्ति वैध प्रमाण घोषणा गराइदिएकोमा हामी चिया श्रमिकको पक्षबाट आदरणीय सांसद साथै भारतको चुनाव आयोगप्रति आभार व्यक्त गरेको बताए।

विशेष दार्जीलिङ पहाडमा राजु बिष्ट सांसद भएर आएदेखि नै चियाबारी श्रमिकहरूको निम्ति धेरै कार्यहरू गर्दै आएको जग जाहेर छ। उनकै पहलमा 4 वटा श्रम कोडहरू श्रमिकहरूको हितमा लागू हुन गइरहेका छन्। जसमा कतिपय श्रमिक घातक बूंदाहरू रहेका हुनाले उक्त बूंदाहरूको संशोधन गरिनुपर्ने विषयलाई लिएर गत हप्ता मात्र हामीले भारतको केन्द्रीय श्रममन्त्री मनसुख माडवियलाई भेट गरी लिखित रुपमा बुझाइसकेका छौँं। जसलाई उनले आवश्य कार्यान्वयन गर्नेछन् भन्ने भरोसा रहेको बताए। कतिपय राजनीतिक संगठनहरूले यस विषयमा ठोस पहल नगरेर बिरोध गरिरहेका छन् जो एकदमै गलत कुरा हो। बिरोध र समर्थन भनेको सम्बन्धित ठाउँ र मन्त्रालयमा गर्नुपर्ने हुन्छ जो हामीले केन्द्रीय मन्त्री समक्ष लिखित रुपमा गरीसकेका छौँ। चिया श्रमिकको मुद्दाहरूलाई राजनीतिक मुद्दा बनाउन हुँदैन राजनीतिक मुद्दा बनाउँदा नै आजसम्म चियाबारी श्रमिकहरूले दुःख पाएका हुन्। सांसद राजु बिष्टको प्रयासमा आज चियाबारी क्षेत्रमा विभिन्न कार्यहरू भैरहेको छ। यसभन्दा अगाडिका सांसदहरूले के गरे के गरेनन् प्रत्यक्षमा देख्न सकिएन। तर राजु बिष्टले गरेको हरेक कार्यहरू प्रत्यक्ष देखिरहेको छौँ ।

उहाँले चिया श्रमिकहरूको हरेक मुद्दालाई संसदमा उठाइरहेका छन् , चाहे त्यो निम्नतम रोजीको विषय होस् वा श्रमिकहरूको प्रजा पट्टाको। त्यसैको कारण आज भारत देशले दार्जीलिङ चिया र गोर्खा आदिवासी चिया श्रमिहरूको वास्तविक स्थिति बारेमा जान्न पाइरहेका छन्। त्यसैले हामी चिया श्रमिकको पक्षबाट उनको श्रमिक हितको कार्यको निम्ति उनीप्रति आभार व्यक्त गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ