चौकी डाँड़ामा स्नुकर प्रतियोगिता

Share this news

खरसाङ, (निसं): प्रथमचोटी खरसाङको चौकी डाँडामा स्नुकर (पुल) प्रतियोगिता सम्पन्न भएको छ। यहाँको चौकी डाँड़ामा अवस्थित हिल क्वीन पुल हाउसमा साथ समूहको आयोजनामा अनि पुल खेलाडी तथा पुल हाउसका म्यानेजिङ डाइरेक्टर सेवाङ लामा पाख्रीनको विशेष पहलमा आयोजित पुल प्रतियोगिताको आरम्भ सोमबारदेखि भएको छ भने यसको अन्तिम फाइनल खेल 15 जनवरीमा हुनेछ। यस प्रतियोगिताबारे जनाउँदै सेवाङ लामाले खरसाङ्मा यसरी पुल प्रतियोगिताको आयोजना प्रथमचोटि गरिएको बताउँदै विशेषगरी पुल खेलप्रति अधिकांशको गलत धारणालाई पन्साउन तथा यस खेलप्रति मानिसहरूको रूचि बढ़ाउन आयोजना गरिएको बताए। तिनले आफूले राष्ट्रिय स्तरसम्मका प्रतियोगिताहरूमा भाग लिएर आएपछि आफ्नो अनुभवलाई साझा गर्न औ मानिसहरूलाई यस खेलको महत्वबारे जानकारी गराउन यहाँ पुल हाउस खोलेर यसरी आज प्रतियोगिताको पनि आयोजना गरिएको बताए।

यस प्रतियोगितामा स्थानीय लगायत धेरै टाढ़-टाढ़ाबाट पनि प्रतियोगीहरू आएको जनाउँदै यस प्रतियोगिता आयोजना गर्नुमा सर्वप्रथम यहाँका युवाहरूको एउटा समूह साथ लगायत जीटीए प्रमुख कार्यपाल अनित थापा अनि अन्य धेरैले सहयोग प्रदान गरेको जनाउँदै सबैप्रति आभार व्यक्त गरेका छन्‌‍। आगामी दिनहरूमा अझ वृहत रूपमा यहाँ खेलको आयोजना गर्ने जनाउँदै प्रतियोगितालाई हेर्न सबैलाई उपस्थित भइदिने आग्रह पनि लामाले गरेका छन्। यस अवसरमा साथका प्रतिनिधि अनि सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ