इण्डो नेपाल मिडिय फुटबल टुर्नामेन्ट

Share this news

खरसाङ,  (हनोक): भारत र नेपालका पत्रकारहरूमाझ सौहार्दपूर्ण भेटघाट र गहिरो सम्बन्ध स्थापित गर्ने साथै पर्यटनको लागि इण्डो नेपाल मिडिया फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ। पूर्वी नेपालको मेचीनगर प्रेस क्लबको आयोजनामा पूर्वी नेपालको काँकरभिट्टा उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको मिडिया फुटबल टुर्नामेन्टमा भारतबाट दुईवटा टिमहरुले भाग लिएका थिए। यस फुटबल टुर्नामेन्टमा भारतको तर्फबाट तराई प्रेस क्लब दार्जीलिङ अनि सिक्किम, खरसाङ, सिलगढ़ी मिलाएर टिम इण्डियाले सहभागिता जनाएका थिए। यस फुटबल टुर्नामेन्टको पहिलो दिन मेचीनगर प्रेस क्लबको अध्यक्ष प्रकाश पौड्यालको अध्यक्षता र गोपाल तामाङ्को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

यस फुटबल टुर्नामेन्टको पहिलो दिन टिम इण्डिया बुध्दशान्ति प्रेस क्लबसित पराजित बनेका थिए। यसको साथै तराई प्रेस क्लबले दमक जर्नलिस्ट क्लबलाई पराजित गरेको थियो भने सेमीफाइनलमा बुध्दशान्ति प्रेस क्लबलाई पराजित गरेर फाइनलमा प्रवेस गरेको थियो। यसको साथै फाइनलमा पनि तराई प्रेस क्लबले भद्रपुर प्रेस क्लबलाई 2-0 को अन्तरले जितेर मिडिया फुटबल टुर्नामेन्टको उपाधि जित्न सफल भएको छ। यस मिडिया फुटबल टुर्नामेन्टमा भारतीय पत्रकारहरुलाई पत्रकार प्रशान्त आचार्यले अगुवाई गरेका थिए। यसको दार्जिलिङ प्रेस गिल्डका सह सचिव किरण छेत्री, प्रेस क्लब अफ्‌‍ खरसाङका उप सभापति राज तामाङ र सचिव हनोक थापा लगायत सिक्किम, सोनादा, खरसाङ र सिलगढ़ीका पत्रकारहरु सामेल भएका थिए।भारतीय पत्रकारहरुलाई मेचीनगर प्रेस क्लबको तर्फबाट काकरभिट्टामा स्वागत गरिएको थियो भने पछिबाट काकरभिट्टास्थित पर्यटन कार्यालयमा औपचारिक रूपमा भव्य स्वागत गरिएको थियो।

भारतीय पत्रकारहरुलाई काकरभिट्टाको पर्यटकीय स्थल महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिग रहेको देवकोटा पार्कमा पहिलो भ्रमण गरेका थिए। साँझमा भारतीय पत्रकारहरुलाई मेचीनगर नगरपालिकाको वार्ड नम्बर 4 मा रहेको बाहुनडाँगीमा हुन लागेको दुई दिवसीय अन्तर्राष्ट्रिय तरुल महोत्सव को पत्रकार सम्मेलनमा सहभागी गराइएको थियो। यस अवसरमा भारतीय पत्रकारहरुलाई अन्तर्राष्ट्रिय तरुल महोत्सव आयोजक समितिको तर्फबाट स्वागत जनाइएको थियो। यसको आयोजक समितिको तर्फबाट अध्यक्ष अर्जुन कार्की र सचिव निरज घिमिरेले भारतीय पत्रकारहरुलाई स्वागत जनाउँदै अन्तर्राष्ट्रिय तरुल महोत्सव विषयमा विस्तृत जानकारी गराएका थिए।

दोस्रो दिन भारतीय पत्रकारहरुको टोलीलाई अन्तर्राष्ट्रिय तरुल महोत्सव आयोजक समितिको सौजन्यमा साथै अध्यक्ष अर्जुन कार्कीको सहयोगमा बाहुनडाँगीको आकर्षित पर्यटकीय स्थल मिनी माउन्टेन भ्रमण गराइएको थियो। यस अवसरमा मिनी माउन्टेन पुगेका भारतीय पत्रकारहरुलाई स्थानीयहरुले न्यानो स्वागत जनाएका थिए। यस भ्रमणको माध्यमबाट नेपालका पर्यटकीय स्थलहरूको प्रचार प्रसार साथै प्रमोट गर्नु पनि रहेको थियो। उक्त मिनी माउन्टेन पर्यटकीय स्थल वर्तमानमा पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्र बन्दै गईरहेको जानकारी प्राप्त भएको छ। खेलकुद र पर्यटनमार्फत्‌‍ भारत र नेपालका पत्रकारहरूमाझ सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथमा आयोजना गरिएको यस कार्यक्रमले एउटा उत्कृष्ट परिणाम प्राप्त भएको दुवै देशका पत्रकारहरुले महसुस गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ