नारी शक्ति खरसाङ टाउन कमिटीको शिशु शिक्षा केन्द्रका सहायिकाहरूसित सभा

Share this news

खरसाङ, (निसं): खरसाङ टाउन कमिटी नारी शक्तिका टोलीले खरसाङ नगरपालिकाको वार्ड नम्बर एकदेखि बीससम्मका शिशु शिक्षा केन्द्रका 40 जना सहायिकाहरुलाई लिएर सभा गरेका छन्। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाकेो परामर्शलाई निरन्तरता दिन्दै विगत 9 जनवरीकेो दिन खरसाङ नगरपालिकाका स्वनिर्भर सदस्यहरुसँग सभा गरेपछि खरसाङ टाउन कमिटी नारी शक्तिका टोलीले खरसाङ नगरपालिकाको वार्ड नम्बर एकदेखि बीससम्मका शिशु शिक्षा केन्द्रका 40 जना सहायिकाहरुलाई लिएर उनीहरुको समस्या बुझ्न अनि सहयोग पुर्याउनको निम्ति सम्पूर्ण रिपोर्ट पार्टी अध्यक्ष समक्ष पुराउनको निम्ति सभा सम्पन गरेको छ।

खरसाङ नगरपालिकाको सभा गृहमा नगरपालिकाका उपाध्यक्ष सुभाष प्रधानद्वारा सञ्चालित उक्त सभामा टाउन कमिटी नारी शक्तिका अध्यक्ष देवकी प्रधान सुब्बाले चिम्नी देउराली 28 नम्बर समष्टिका सभासद श्याम शेर्पा, नगरपालिकाका बड़ाबाबू सुरेन कटुवालले सम्वोधन गरेका थिए। सभामा शिशु शिक्षा केन्द्रमा कार्यरत सहायिकाहरूले उनीहरुको शिशु शिक्षा केन्द्र सञ्चालनमा भईरहेको समस्याहरु विषयमा उपस्थित नगरपालिकाका अधिकारी तथा भागोप्रमोका नेतृत्त्वहरु समक्ष सामाधानकेो निम्ति राखेका थिए। यसरी लगातार खरसाङ नगरपालिका कार्यालय अधीनष्ट कार्य गर्ने कर्मचारीहरुलाई सहयोग पुर्याउनकेो निम्ति जीटीएका मुख्य कार्यपाल तथा भागोप्रमोका अध्यक्षले समस्याकेो विस्तृत जानकारी तैयार गरी ल्याउन दिएको निर्देशनलाई पालन गर्दै सभामा 28 नम्बर समष्टि नारी शक्तिका अध्यक्ष सुषमा मुखिया, महकुमा नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन, उपाध्यक्ष सन्तोष परी, महकुमा समितिका सदस्या याङ्की लामा टाउन कमिटी नारी शक्तिका सदस्या नितु गुरुङ, सरिता मुखिया उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ