भागोप्रमो पङ्खाबारी लङ्भ्यू अम्बटे समष्टिको सभा

Share this news

पङ्खाबारी, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पङ्खाबारी लङ्भ्यू अम्बटे समष्टिको अन्तर्गत रहेका सम्पूर्ण शाखा-प्रशाखा तथा बुथ स्तरका प्रतिनिधिहरू तथा समष्टि प्रतिनिधिहरूलाई लिएर एक सभा सोमवार गाडीधुरा सार्वजनिक भवन परिसरमा सम्पन्न गरियो। सभामा समष्टि कार्यकारि सभासद कल्पना प्रधान, समष्टि पर्यवेक्षक तथा एमओडी सभासद प्रणाम रसाइली, खरसाङ महकुमा प्रवक्ता अनुप रामुदामु, अमृत छेत्री लगायत सन्त मेरिज तीन ग्राम पञ्चायत, पाण्डु ग्राम पञ्चायत तथा घैयाबारी तीन ग्राम पञ्चायतका प्रधान, उपप्रधान लगायत पञ्चायत सदस्यहरू विशेष रूपले उपस्थित थिए।

सभालाई सम्बोधन गर्दै वक्ताहरूले आगामी चुनाउमा पार्टीको रणनीति बलियो बनाउने औ प्रत्येक बुथ स्तरमा सङ्गठनलाई दह्रिलो बनाउन कार्य गर्नुपर्ने बताए। तिनीहरूले साङ्गठनिक रूपले हामी बलियो नभए जनताको समस्याको समाधान नहने बताउँदै यसैलाई लिएर आम मानिसहरूको धेर गुनासाहरू रहेको पनि बताए। सभालाई सम्वोधन गर्दै समष्टि पर्यवेक्षक प्रणाम रसाइलीले आगामी विधानसभा चुनाउमा समष्टिबाट पार्टी उम्मेदवारलाई वृहत भोटले जिताएर पठाउनुपर्छ भन्ने मन्तव्य राख्दै यसको निम्ति आगामी 19 जनवरीको दिन समष्टिको एक महत्त्वपूर्ण सभा राखिने औ त्यस सभामा पार्टीको केन्द्रिय महासचिव अमर लामाको विशेष उपस्थिति रहने जानकारी गराए।

सभासद कल्पना प्रधानले 19 जनवरीको सभामा समष्टि तथा केही ब्लकका कमिटीहरू तथा नारी शक्तिको प्रतिनिधिहरूको चयन गरिने जनाउँदै यसको निम्ति सबैलाई तयार भएर बसिदिने औ उक्त सभामा सबैलाई उपस्थित गराउने आग्रह गरिन्। तिनले आगामी विधानसभा चुनाउको निम्ति पनि अब हामीले जमीनी स्तरबाट काम गर्न शुरू गर्नुपर्छ भनी आह्वान गरिन्‌‍। सभालाई पार्टीको केन्द्रिय समिति सदस्य सन्तोष तामाङ, अमृत छेत्री, नयस लामा, सुरज प्रधान, मण्डल छेत्री, इन्द्र कुमार लामा, सुबोध लामा आदिले पनि सम्बोधन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ