Operation of Burmeli Bridge: 09 Residents of Barfung area are happy
Operation of Burmeli Bridge: 09 Residents of Barfung area are happy

बर्मेली पुल सञ्चालनः ०९ बर्फुङ्ग क्षेत्रका बासिन्दा खुशी

Share this news

नाम्ची जिल्लाको ०९ बर्फुङ्ग क्षेत्र अन्तर्गत बोरोङ्ग जीपीयुमा पर्ने बर्मेली पुलको निर्माण कार्य क्षेत्रका माननीय विधायक रिकसल दोर्जी भोटियाको पूर्ण पहलमा सफलतापूर्वक सम्पन्न भई हाल औपचारिक रूपमा सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाहरूले माननीय विधायक रिकसल दोर्जी भोटिया तथा बाटो र पुल विभागप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्। यस पुलले दक्षिण सिक्किमको राबोङ्गदेखि पश्चिम सिक्किमको कर्जी–मङ्गनमसम्मको आवत–जावतलाई सहज र सुरक्षित बनाएको छ। यसअघि उक्त पुल अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको थियो। दैनिक यात्रु, विद्यार्थी तथा सर्वसाधारण नागरिकहरूले लामो समयदेखि आवत–जावतमा ठूलो कठिनाइ र जोखिमको सामना गर्नुपरेको थियो।

स्थानीय जनताको समस्यालाई गम्भीरतापूर्वक मध्यनजर गर्दै माननीय विधायक रिकसल दोर्जी भोटियाको सक्रिय पहलमा, रालाङ–बोरोङ ट्येरोटोरी क्षेत्रकी जिल्ला पञ्चायत सदस्य सुश्री आञ्जना शर्मा, बाटो र पुल विभाग, पञ्चायत गण तथा सम्बन्धित सरकारी निकायहरूको संयुक्त प्रयासबाट पुलको निर्माण कार्य समयमै सफलतापूर्वक सम्पन्न गरिएको हो।

पुल निर्माण सम्पन्न भएसँगै हाल उक्त क्षेत्रमा आवत–जावत सहज, सुरक्षित र भरपर्दो बनेको छ। साथै पुलसँग सम्बन्धित सडकमा कार्पेटिङ्ग कार्यसमेत बाटो र पुल विभागद्वारा तीव्र गतिमा अगाडि बढाइरहेको जनाइएको छ। स्थानीय बासिन्दाहरूले यस महत्वपूर्ण पूर्वाधार विकासका लागि माननीय विधायक रिकसल दोर्जी भोटियाको नेतृत्व, दूरदृष्टि र जनमुखी पहलको खुलेर प्रशंसा गरेका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ