प्रथम गोर्खे इण्डियन आइडल प्रशान्त तामाङको निधन

Share this news

दार्जीलिङ, 12 जनवरी (निसं)  24 वर्षको कलिलो उमेरमा नै नाम अनि यश कमाए, 43 वर्षको उमेरमा नै सबैलाई छोड़ेर भगवानको प्यारो भए प्रथम गोर्खे इण्डियन आइडल प्रशान्त तामाङ। आज बिहान उनको दिल्लीमा हृदयघातको कारण असामयिक निधन भएको उनको परिवारपक्षले जानकारी गराएको छ। सोनी टीभी च्यानलद्वारा आयोजना गरिएको 2007-को इण्डियन आइडल तेस्रो चरणमा उनी सम्पूर्ण गायन प्रतियोगीहरूलाई उछिनेर इण्डियन आइडल बनेका थिए। मदन तामाङ अनि रूपा तामाङको कोखबाट 4 जनवरी 1983-को दिन दार्जीलिङमा जन्म ग्रहण गरेका प्रशान्त तामाङलाई इण्डियन आइडल बनाउन देश-विदेशका गोर्खा समुदाय एक भएका थिए। देश-विदेशका गोर्खा संगीतप्रेमी तथा गोर्खाली समुदायले उनलाई इण्डियन आइडल बनाउन व्यापक भोट गरेका थिए।
त्यस समय दार्जीलिङ पहाड़को माहौल नै प्रशान्तमय बनेको थियो। सबैको मुखमा प्रशान्तलाई इण्डियन आइडल बनाउनबाहेक अन्य कुरै हुँदैन थियो। सम्पूर्ण गोर्खा जाति एक भएको थियो। जसअनुसार, दार्जीलिङ पहाड़मा राजनीतिक परिवर्तनसम्म पनि भएको सर्वविदितै छ। सानै उमेरमा पिता मदन तामाङको निधन भएको कारण दशौं श्रेणी पढ़्दा पढ़्दै कलकत्ता पुलिसमा भर्ना हुन बाध्य बनेका प्रशान्त तामाङले बिस्तारै उक्त पुलिस अर्केस्ट्रा व्याण्डमा सामेल भएर आफ्नो सुनौलो भविष्य खोज्न थालेका थिए। जसअनुसार, 2007-मा आयोजित इण्डियन आइडलको अडिशनमा सफल प्रदर्शन गरेपछि उनी उक्त गायन प्रतियोगितामा भाग लिन सफल भएका थिए। जसलाई इण्डियन आइडल बनाउन कलकत्ता पुलिसका उच्च पदस्थ अधिकारीदेखि उनका सहकर्मीहरूका साथै सम्पूर्ण गोर्खा जाति नै एकवद्ध भएका थिए। फलस्वरूप, उनी उक्त प्रतियोगिताका विजेता बने अनि देश-विदेशका नेपाली समुदायमाझ प्रख्यात भए। त्यसपछि उनले नेपालमा धेरैवटा चलचित्रहरूमा पनि अभिनय गरेका थिए भने हालै उनले पाताल लोक वेब सिरिजमा पनि अभिनय गरिरहेका थिए भन्ने जानकारी पाइएको छ।
यसै वेब सिरिज टोलीले नै प्रशान्तको शव दिल्लीबाट दार्जीलिङ ल्याउनको लागि आवश्यक बन्दोबस्त गरिरहेको उनकी ठूलो दिदी अनुपमा तामाङले जानकारी गराएकी छन्। जसको लागि अनुपमा तामाङ र उनका पति आज दिल्ली गइरहेको पनि उनले बताइन्। उनले भनिन्-गत 8 जनवरीको दिन मात्रै प्रशान्त अरूणाचल प्रदेशबाट दिल्ली आफ्नो घर फर्किएका थिए। त्यसपछि प्रशान्तले उनलाई फोनमा सम्पर्क गरेका थिए भन्ने पनि दिदी अनुपमाले जनाइन्। यति मात्रै होइन, प्रशान्त तामाङ आगामी फरवरी महीनामा युरोपका विभिन्न स्थानहरूमा आयोजना हुने सांगीतिक कार्यक्रमहरूमा पनि भाग लिन जाने भएका थिए।
प्रशान्तले आफूपछि पत्नी र 3 वर्षीया छोरीलाई छोड़ेर गएका छन्। अनुपमाले भनिन्-प्रशान्तले गत 7 जनवरीको दिन मात्रै मलाई भीडियो कलमा कुराकानी गरेका थिए अनि मलाई दिल्ली आउनु भनेका थिए। हिजो रातीसम्म पनि प्रशान्त ठीकै थिए। तर हल्का खोकी लागिरहेको थियो। आज बिहान उसले बेसी जाड़ो लागिरहेको कुरा आफ्नी पत्नीलाई बताएका थिए। त्यसपछि हिटर ताप्न दिएर हट वाटर व्याग लगाइदिएकी थिइन्। तर बिहान 8 बजेर 15 मिनटमा बुहारीले फोन गरेर प्रशान्त छैन भन्ने जानकारी दिइन्। तर आज यस्तो हुन्छ भनेर कसले सोंचेका थिए। म-सित गत 7 जनवरीको दिन कुरा हुँदा युरोप भ्रमणबारे पनि बताइरहेका थिए। किनभने, आगामी फरवरी महीनामा उनको युरोप भ्रमणको कार्यक्रम थियो। तर युरोप जानअघि नै उनी सदाको लागि यो संसारबाटै विदा लिएर गएका छन्। इण्डियन आइडल तेस्रो विजेता बनाउन भारतको पहिलो रंगीन नेपाली/गोर्खा पत्रीका हिमालय दर्पणको पनि महत्वोपुर्ण सहयोग र भुमिका रहेको क्षेत्रवासी बताउँछन्।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ