एसआईआरमा चिया बगानको रिपोर्ट मान्य भएकोमा भागोप्रमो श्रमिक सङ्गठनले दियो धन्यवाद

Share this news

तीनधारे ,  (निसं): मतदाता विशेष गहन संसोधन एसआईआरमा चियाबारी क्षेत्रमा रहेका मतदाताहरुका लागि चुनाव आयोगले चियाबारीको रेकर्डलाई मान्यता दिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको तर्फबाट चुनाव आयोग र सरकारलाई धन्यवाद दिएका छन्‌‍। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले एसआईआरमा चियाबारी क्षेत्रमा रहेका मतदाताहरुका लागि चुनाव आयोगले चियाबारीको रेकर्डलाई मान्यता दिएको जानकारी गराएका छन्‌‍ ।

उनले आफुहरुलाई महकुमा शासक र खण्ड विकासबाट एसआईआरमा चियाबारी क्षेत्रमा रहेका मतदाताहरुका लागि चियाबारीको रेकर्ड प्रयोग गर्न सकिने भएको जानकारी गराएको बताएका छन्‌‍। उनले चियाबारी क्षेत्रमा रहेका मतदाताहरुको जन्म प्रमाण पत्र र माध्यमिक दिने एडमिन नहुने हुनाले धेरै समस्या हुने भएकोले यस विषयमा चुनाव आयोगले चियाबारीको रेकर्डलाई मान्यता दिएको जानकारी गराएका छन्‌‍।

उनले भने, मातदाता विशेष गहन संसोधन एसआईआरमा चियाबारी क्षेत्रमा कार्यरत्‌‍ श्रमिकहरु र अवकाशप्राप्त श्रमिकहरुको चियाबारी काम गरेको पुरानो रेकर्ड हुने गरेको र विशेष गरेर पीएफमा सबैको नाम, काम जोइन गरेको समय र प्रत्येकको आफ्नो प्रोफाइल हुने भएकोले सबैले उक्त पीएफको प्रोफाइल आफ्नो आफ्नो चियाबारीको कार्यालयबाट प्राप्त गर्न सक्नेछन्‌‍। सागर गुरुङले भने, कानले काग लग्यो भन्दैमा दगुर्ने होइन तर सचेत भएर काम गर्नुपर्छ। सबैले आफ्नो आफ्नो चियाबारीको कार्यालयबाट पीएफको प्रोफाइल लिएर बुझाउन सकिने किनभने त्यसमा नाम, चियाबारीमा काम जोइन गरेको समय, जन्म र ठेगाना हुने भएकोले राम्रो हुन्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ