गौरी शंकर चिया बगानमा गोर्खा जनमुक्ति मोर्चाको एउटा प्रशाखा समिति गठन

Share this news

खरसाङ, (मोहन प्रसाद)ः गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको सहयोगमा आईतवार खरसाङ गिद्ध पहाड़ 29 नम्बर समष्टि अन्तर्गत स्थित गौरी शंकर चिया बगानमा गोर्खा जनमुक्ति मोर्चाको एउटा प्रशाखा समिति गठन भएको छ। त्यति मात्र होइन्‌‍, उक्त चिया बगान क्षेत्रका 10 घर-परिवार अन्य विभिन्न दलहरूबाट गोर्खा जनमुक्ति मोर्चा पार्टीमा सामेल भएको दावी पनि गरिएको छ। यस बाहेक आइतवारको सभामा गौरी शंकर चिया बगानमा एउटा बुथ कमिटी पनि गठन गरिएको छ।
सभाको विषयमा जानकारी गराउँदै गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिका अध्यक्ष योगेन्द्र राईले जनाए अनुसार, गौरी शंकर चिया बगान निवासी स्थानीय अनिल राईको अध्यक्षतामा आइतवार पार्टीको सभा सम्पन्न भयो। सभामा गोजमुमो खरसाङ महकुमा समिति सचिव रोहित स्याङ्बो सहित पार्टीका अन्य विभिन्न पदाधिकारीगण साथै प्रतिनिधिहरूको उपस्थिति थियो। यस अवधि सभामा सांगठनिक गतिविधि एवं वर्तमान राजनीति गतिविधि विषयमा पनि चर्चा परिचर्चा भयो । सभामा अन्य विभिन्न समष्टि अन्तर्गत भइरहेको शाखा-प्रशखाको गठनलाई अघि बढाउँदै, गौरी शंकर चिया बगानमा पनि 28 सदस्यको एउटा प्रशाखा समिति गठन गरियो। राईले थप जनाए अनुसार, उक्त क्षेत्रका लगभग 10 घर-परिवार अन्य विभिन्न दलहरूबाट गोर्खा जनमुक्ति मोर्चा पार्टीमा पनि आज सामेल भएका छन्‌‍ भने आउँदो दिनमा अझ धेरै समर्थकहरू गोजमुमो पार्टीसित जोड़िने छन्‌‍। यस बाहेक आउँदो विधानसभा निर्वाचनलाई मध्य नजर राख्दै, पहाड़को विभिन्न ठाउँमा पार्टीको बुथ कमिटी गठन माथि जोर दिने कार्य भइरहेको छ, यसै क्रममा आइतवार गौरी शंकर चिया बगानमा पनि एउटा बुथ कमिटी पनि गठन गरिएको हो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ