जोगमाया चिया बगानको अधुरो बाटो सांसद विष्टको सहयोगमा गाड़ी हिँड़ने योग्य बन्यो

Share this news

खरसाङ,  (मोहन प्रसाद)ः दार्जीलिङ्का सांसद राजु विष्टको सहयोगमा लगभग तीन वर्षदेखि अधूरो अवस्थामा रहेको जोगमाया चिया बगान क्षेत्रको एउटा गाउँ जाने बाटोलाई डोजर लगाएर वाहन कुद्ने योग्य बनाइएको छ। बाटो वाहन कुद्न योग्य बनाइएपछि स्थानीयहरूले सांसदप्रति कृतज्ञता व्यक्त गरे।
यस विषयमा पत्रकारहरूसित बोल्दै भारतीय जनता पार्टीका दार्जीलिङ जिल्ला सचिव सोनम लामाले जनाए अनुसार, खरसाङ महकुमा अन्तर्गत रहेको जोगमाया चिया बगान क्षेत्रमा राष्ट्रिय राजमार्ग 110 देखि केहि मुनिसम्म जीटीएद्वारा लगभग तीन वर्ष अघि नै लगभग 1 किलोमिटरको कच्चा बाटोको निर्माण भरिएको थियो। उक्त बाटोमा कतिपय कल्भर्टहरूको पनि निर्माण भइसकेको थियो भने पछि विभिन्न कारणले उक्त बाटो अधुरो अस्थामा छोड़ियो। अधुरो अवस्थामा रहेको बाटोको कारण उक्त क्षेत्रमा रहेको लगभग 25 देखि 30 घर परिवारहरूले बाटोको अभावमा विभिन्न समस्या भोग्नु परिरहेका थिए। हालैमा उक्त क्षेत्रका कतिपय गाउँवासीले दार्जीलिङ्का सांसद राजु विष्टलाई उक्त अधूरो बाटोको विषयमा जानकारी गराएका थिए। सांसद राजु विष्टको आदेशपछि स्थानीय भाजपा समर्थकहरूको सहयोगमा लगभग 7 दिन डोजर लगाएर उक्त कच्चा बाटोलाई चौड़ा गर्दै अनि वाहन कुद्ने योग्य बनाइएको छ।
यस अवधि आज उक्त बाटोमा वाहन कुद्ने भएपछि भाजपाको एउटा टोलीले भाजपा जिल्ला उपाध्यक्ष आरबी लामा, सचिव सोनम लामाको नेतृत्वमा उक्त कच्चा बाटोको निरीक्षण गरेको छ। स्थानीय मानिसहरूसित बाटो सहित गाउँका विभिन्न समस्या विषयमा टोलीले जानकारी लिएको छ। भाजपा टोलीको भ्रमण अवधि स्थानीय मानिसहरूले दार्जीलिङ्का सांसद राजु विष्टप्रति एवं सहयोग गर्ने स्थानीय भाजपा नेतृत्वहरूप्रति कृतज्ञता व्यक्त गरे। गाउँकी एलिस तामाङले तीन वर्ष अघि निर्माण कार्य थालिएको बाटो अधुरो अवस्थामा रहेकोले गाउँका मानिसहरूले धेरै समस्याको सामना गर्न परिरहेको बताउदै बाटो गाड़ी हिँड़न सक्ने अवस्थाको बनाइएकोमा गाउँका मानिसहरू धेरै खुशी रहेको बताउदै आगामी दिनमा बाटो पक्की निर्माण हुने कुरोमा आफूहरू विश्वस्त रहेको बताइन्‌‍। अर्की गाउँवासी मनिता राईले पनि यसरी बाटो गाड़ी हिँड़न योग्यको बनाइएकोमा खुशी प्रकट गर्दै अहिलेसम्म हामीलाई त्यतिकै टारेर राखिएको थियो, यसरी भाजपा नेतृत्वहरूले आँखा खोलिदिएर बाटो गाड़ी हिँड़न योग्यको बनाइदिएपछि गाउँका मानिसहरूलाई धेरै सुविधा भएको बताइन्‌‍ कृतज्ञता प्रकट गरिन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ