ram singh thakuri path complete (1)
ram singh thakuri path complete (1)

कप्तान रामसिंह ठकुरी पथको निर्माण कार्य समाप्त

Share this news

खरसाङ, (निसं)ः खरसाङको नयाँ बजारस्थित ब्याङ्क डाँड़ा अथवा ठकुरी चोकबाट ओह्रालो लागेर खरसाङ थाना नजिक दोकान डाँड़ा निस्कने कप्तान रामसिंह ठकुरी पथको निर्माण कार्य लगभग सकिएको छ। दुर्बिन डाँड़ा पछिल्तिर यो सड़कको निर्माण कार्य विगत केही वर्षदेखि चलिरहेको थियो भने वर्तमानमा सड़कमा अलकत्राको पिच गर्ने कार्य, देवाल लगाउने कार्य सकिएको अवस्थामा पाइएको छ। सड़कको लगभग आधा भागमा स्ट्रीट लाइट पनि जड़ान गरिएको पाइएको छ।

यो सड़क कप्तान रामसिंह ठकुरी चोकदेखि अह्लालो राजबारी, रानीकुप हुँदै दुर्बिन डाँड़ाको पछिल्तिरबाट खरसाङ थाना नजिक दोकान डाँड़ामा निस्किन्छ। रोडको निर्माण कार्य लगभग सकिएको भए तापनि यहाँ अहिले वारपार गाड़ी चलेको देखिएको छैन, तथापि नयाँ बजार, राजबारी, रानीकुपका गाड़ीहरू यस रोडमा अघिबाटै चलिरहेका छन्‌‍। नव निर्मित रोडमा घुम्न आउने मानिसहरूको चहल पहल भने देखिएको छ। जीटीएको प्रथम कालमा निर्माण कार्य थालिएको यो रोडको निर्माण कार्य धेरै समय स्थगित रहेको थियो। जीटीएको दोस्रो कालमा रोडको निर्माण कार्य पुनः शुरु गरिएपछि वर्तमानमा निर्माण कार्य सिद्धाइएको छ।

खरसाङका धेरै मानिसहरूले यो रोड पर्यटन दृष्टिकोणले महत्वको बताइरहेका छन्‌‍। यो रोड नयाँ बजारको कप्तान रामसिंह ठकुरी चोकबाट शुरु भएर चिया बगान क्षेत्र हुँदै दुर्बिन डाँड़को पछिल्तिर जङ्गल क्षेत्र भएर जाने भएकेोले खरसाङ घुम्न आउने पर्यटकहरूको निम्ति घुम्नलाई उपयुक्त क्षेत्र हुने खरसाङ्का कतिपय मानिसहरूको मत छ। स्थानीयहरूले पनि यो रोडमा गाड़ी चलाचल नगरिएको खण्डमा बिहान बेलुका घुम्नलाई उपयुक्त स्थान बन्ने बताएका छन्‌‍। जीटीएले पङ्खाबारीमा गाड़ी जामको स्थितिमा प्रयोग गर्न सकियोस्‌‍ भनी लिङ्क रोडको रुपमा यो सड़क निर्माण गरेको बताइएको छ भने कतिपय मानिसहरूले यो रोडमा गाड़ी चलाचल नगरेर पर्यटकहरूको निम्ति घुम्ने स्थानको रुपमा विकसित गर्न सकिएको खण्डमा असल हुने सुझाउ दिएका छन्‌‍।

स्मरण गराइन्छ, अघिको जीटीए कालमा खरसाङमा पर्यटन महोत्सवको आयोजना गरिएको समय यस रोडमा घोड़चढ़ीको कार्यक्रम राखिएको थियो। त्यस समय दुर्बिन डाँड़ा पछिल्तिरको रोडको भाग निर्माण गरिएको थिएन। यो रोड पर्यटन क्षेत्रको रुपमा विकास गरेर थाना नजिक दोकान डाँड़ाबाट खरसाङ बजार आउने गाड़ीहरू चलाइएको खण्डमा पर्यटकहरू यहाँ घुमेर थाकेको अवस्थामा गाड़ी चड़ेर बजारसम्म आउन सक्ने सम्भावना पर्याप्त रहेकोले चालकहरूले रोजगार प्राप्त गर्ने पनि मानिसहरूको मत छ। यस रोडलाई पर्यटन क्षेत्रको रुपमा विकास गरेर दुर्बिन डाँड़ा पछिल्तरको भागमा टी स्टलहरू राखिएको खण्डमा पनि रोजगारको सम्भावना पैदा हुने मानिसहरूको मत छ।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ