In sweet memory of Prashant Tamang - Dr. Ratnaprakash Gurung
In sweet memory of Prashant Tamang - Dr. Ratnaprakash Gurung

प्रशान्त तामङको मीठो स्मृततिमा- डा० रत्नप्रकाश गुरुङ

Share this news

गोर्खाली जगतको सुन्दर कलाकार, एउटा तारा,
अभिनेता,अस्ताई गयौ आज, अस्ताई गयौ आज।
हाम्रो वगैंचाको एउटा, सुन्दर फूल,
झरिगयौ आज,झरिगयौ आज।।

इण्डियन आइडलमा विजयी भयौ,
गोर्खाको शान बड़ाएका थियौ,
देशको सेवा गर्दै तिमीले,
हाम्रो गौरव, देशको गौरव बड़ाएका थियौ।।

प्रशान्त तिम्रो दिवंगत आत्मालाई,
भावपूर्ण श्रद्धाञ्जली अर्पित छ।
हरेक गोर्खाहरुका मुटुमा, तिम्रो मीठो स्मृति,
सधैं, सम्झिरहने छ, सधैं सम्झिरहने छ,
तिम्रो अकास्तमात निधनको कारणले,
धेरै मायालु नयनहरुले, आँसु वबगाइरहेको छ,
प्रकृतिको नियम पनि कहिले काहीं निष्ठुरी हुॅंदो रहेछ!
तिम्रो हँसिलो मुहार र मीठो गीत संगीतलाई
हामी भुल्ने छैनौं।
दार्जीलिङको छोरा, अनि विश्वको शानलाई
हामी भुल्ने छैनौं।
तिम्रो फूल जस्ती सानी छोरी र आदर्श पत्नीलाई
ईश्वरले कृपा, आशीष दिउन्।
भरोसा छैन रहेछ ज़िन्दगीको,
रहेछ जीव़न चोला दुई दिनको!!
•••

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ