करोड़ों फ्यानलाई रुवाएर गए गोर्खालीको छोरो

Share this news

सन् २००७ मा भारतीय टिभी रियालिटी शो इण्डियन आइडलको तेस्रो सिजनको ग्राण्ड फिनालेमा गायक प्रशान्त तामाङले करोडी नेपालीभाषी फ्यान को मन जितेका थिए। त्यस दिन उनी गाइरहेका थिए, गोर्खालीको छोरो हुँ म, गोर्खे मेरो नाम…’ संसारभरका नेपालीले त्यो गीत सुनेर उनलाई उच्च्च सम्मान र म या दिएका थिए।

प्रतियोगिताको विजयी क्षणमा ताज चुमेपछि उनका आमाले ढाका टोपी लगाइदिँदा सबैका आँखा रमाएका थिए। त्यसपछि प्रशान्त अझ प्रिय गायक बनेका थिए। तर, ती प्रिय गायक सुरिलो स्वरका धनी प्रशान्तले आइतवार बिहान दिल्लीमा अन्तिम सास लिए, र करोडौं फ्यानलाई निरास पारेर कहिल्यै नफर्किने बाटोमा गए।

४३ वर्षको उमेरमा हृदयघातबाट भाएको उनको निधनले दार्जीलिङ मात्रै होइन, संसारभर छरिएर रहेका नेपालीभाषीमाझ शून्यता छाएको छ। उनको निधनले दार्जीलिङलाई गम्भीर शोकमा डुबाएको छ, चर्चित गायिका डेजी बराइलीले भनिन, संसारभरका नेपालीलाई रुवाएर उनी गए‌का छन्।’

अरुणाचल प्रदेशमा कार्यक्रम सकेर राजधानी नयाँ दिल्ली फर्किएलगने उनलाई हृदयघात भयो। दिल्लीको द्वारकास्थित अस्पतालमा पुऱ्याइएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। प्रशान्तको मृत्युको पहिलो खबर पाएका थिए, इण्डियन आइडलका उपविजेता अमित पालले। प्रशान्तकी सासुले दुबईमा रहेका अमितलाई फोन गरेर रुँदै भनेकी थिइन्, तिम्रो प्रिय साथी प्रशान्त अब रहेन। खबर सुन्ने बित्तिकै इन्स्ट्राको स्टोरीमा अमितले लेखे, यो न्याय कसरी हुन सक्छ, सधैं मुस्कुराइरहनुहोस् साथी, तपाईंबिना यो संसार पहिले जस्तो रहने छैन। म अझै यो कुरा बुझ्न सकिरहेको छैन… मेरो दाजु, मेरो मित्र, मेरो साथी, स्वर्गतर्फ लागिसक्नु भयो… म विश्वास गर्न सक्दिन कि म यो लेख्दैछु।

४ जनवरी १९८३ मा दार्जीलिङमा सामान्य परिवारमा प्रशान्त तामाङको जन्म भएको थियो। सानै उमेरमा पिता बितेपछि परिवारको जिम्मेवारी उनको कलिलो काँधमा आइलाग्यो। उनी घरको जेठो छोरा थिए र परिवारको आर्थिक तथा भावनात्मक समर्थन उनीमाथि थियो। चिया बगानको सुस्ताउँदो बिहानदेखि, गल्लीको खेल मैदानसम्म प्रशान्तको जीवन कहिले सामान्य थिएन। परिवारको जिम्मेवारी बोकेर उनी कलकत्ता पुलिसमा कन्स्टेबलको रूपमा भर्ती भए।

पुलिस ब्याण्डमा गीत गाउँदा गाउँदै उनी आफैलाई सांगीतिक यात्रा तर्फ डोऱ्याउन थाले। ड्युटी सकिएपछि बेलुका ब्याण्डको अभ्यास, सानो कक्षमा गीत रेकर्डिङ यी सबैले उनी एक सक्षम गायकको रूपमा तयार भए। सन् २००७ मा इण्डियन आइडल सिजन तीनमा अडिसन दिएपछि उनको जीवनले निर्णायक मोड़ लियो। स्टेजमा गाउन उभिँदा उनी एक्ला थिएनन्। करोडौँ नेपालीभाषी फ्यान उनको साथमा उभिन्थे। दार्जीलिङको राजनीतिमा समेत उनले अप्रत्याशित तरंग ल्याए।

दार्जीलिङका तत्कालीन प्रशासक (दागोपाप प्रमुख) सुवास घिसिङले प्रशान्तलाई आइडल बनाउन नसघाएको आक्रोश चुलिँदै जाँदा अन्ततः दार्जीलिङबाट घिसिङले प्रायः दुई दशक लामो सत्ताबाट हात धुनु पर्यो। त्यही मेसोमा गोर्खा जनमुक्ति मोर्चा नामक नयाँ दल जन्मियो। दार्जीलिलिङमा विमल गुरुङ नामक नयाँ नेता उदाए। जसले दार्जीलिङमा अलग राज्य गोर्खाल्याण्डको आन्दोलनको उभार ल्यायो। प्रशान्तकै कारण घिसिङले सत्ताबाट हात धुनु परेको थियो, प्रशान्तलाई आइडल बनाउने अभियानमा होमिएका नेपालीभाषी ज्ञानेन्द्र अर्याल सम्झिन्छन्, प्रशान्तको आगमन र घिसिङको बहिगर्मन एकैसाथ भयो।

प्रतियोगितामा करोडौं दर्शकको माया र निर्णायकको प्रशंसाले अन्ततः उपाधि नै जिते। दार्जीलिङले खुशीको मिठाइ बाँड्यो, चियाबारी, गल्ली, विद्यालय सबै ठाउँ उत्सवमा झुम्यो। इण्डियन आइडलपछि प्रशान्त अत्यन्तै व्यस्त सेलिब्रिटी बने। सयौं स्टेज कार्यक्रमहरुमा उनी गाउँदै हिँड्न थाले। आइडलले दिएको प्रतिष्ठापछि प्रशान्तले थुप्रै एल्बम सार्वजनिक गरे। उनका गीतहरूले नेपाली समुदायको मात्रै होइन, भारतभरका नेपाली भाषीहरूको मन जित्यो।

उनको यात्रा गायनमा मात्रै सीमित रहने। अभिनय क्षेत्रमा पनि छाप छाड़े। नेपाली फिल्म गोर्खा पल्टन-बाट दर्शकको ध्यान आकर्षित गरे, त्यसपछि भारतीय वेब सिरिज पाताल लोक-२ र सलमान खान अभिनीत फिल्म ब्याटल अफ गलवानमा उनको अभिनयले उनलाई राष्ट्रिय/अन्तरराष्ट्रिय स्तरमै थप पहिचान दिलायो। दार्जीलिङमा हुर्किएका धेरै युवा अहिले स्टेजमा उभिनुअघि प्रशान्तलाई सम्झन्छन् । उनका लागि संगीत स्वरको अभ्यास मात्रै थिएन।

नेपाली समुदाय, पहाड़ र पहाड़ी पहिचानको आवाज थियो। फिल्मकर्मी राजेश घतानी भन्छन्, आज नेपाली कलाकार ठूला रियालिटी शोमा पुग्ने आँट प्रशान्तकै कारण सम्भव भएको हो। प्रशान्त दिल्लीमा पत्नी गीता थापा र छोरी आरियासँग बस्दै आएका थिए। उनीहरूले सन् २०११ मा नागाल्याण्डमा विवाह गरेका थिए।

प्रसिद्धि र व्यवसायिक सफलतापछि पनि प्रशान्त परिवारप्रति गहिरो रूपमा समर्पित थिए। उनले आफ्ना प्रियजनलाई सधैं पहिलो प्राथमिकता दिने गर्थे र आफ्नो जीवनको बल र उद्देश्यको मुख्य स्रोतको रूपमा मान्थे। घरपरिवारसँगको सम्बन्धमा पनि उनी जिम्मेवार थिए। यी जिम्मेवार गायक पत्नी र छोरीलाई मात्रै हैन, करोडौं फ्यानहरुलाई रुवाएर सदाका लागि अलप भए।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ