पङ्खाबारी, (निसं): गाडीधुरा ब्याडमिण्टन क्लबको आयोजनामा दुइ दिवसीय वयस्क खुल्ला ब्याडमिण्टन प्रतियोगिता शनिबारदेखि सम्पन्न भयो। प्रथम दिनको यस प्रतियोगितामा मुख्य अतिथिको रूपमा भागोप्रमो केन्द्रिय समिति महासचिव अमर लामा उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा क्षेत्रिय कार्यकारि सभासद कल्पना प्रधान, एमओडी सभासद प्रणाम रसाइली, भागोप्रमो पङ्खाबारी लङ्भ्यू अम्बटे समष्टि सचिव ललित प्रधान लगायत स्थानीय पञ्चायत सदस्यहरू तथा क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताबारे जानकारी गराउँदै यस प्रतियोगिताको प्रथम दिनको खेल आज भएको औ आइतवार सेमि फाइनल अनि फाइनल खेला सम्पन्न हुने बताए। यस प्रतियोगितामा स्थानीय लगायत दार्जीलिङ, खरसाङ, कालेबुङ, सिलगढी, नेपाल आदितिरबाट धेरै खेलाडीहरूले भाग लिएको जनाए। प्रतियोगिता दुइ समूहमा रहेको जनाउँदै यो प्रतियोगिता केवल वयस्क खेलाडीहरूलाई लिएर जीटीएको सहयोगमा सम्पन्न गरिएको बताए।












