सशस्त्र सिमा बलद्वारा रङ्गीत-मजुवामा सिभिक एकशन कार्यक्रम 

Share this news

मजुवा, 11 जनवरी (निसं): सशस्त्र सिमा बलद्वारा  रङ्गीत-मजुवामा सिभिक एकशन कार्यक्रममा सोलार लाइट वितरण गरिएको छ। 36 बटालियन सशस्त्र सीमा बल गेजिङका डेप्युटी कमान्टेन्ड रविकान्त वर्मा, असिस्टेन्ट कमान्डेन्ट मोहम्मद सरप्राज आलम, मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वङदी लेप्चाको प्रमुख आतिथ्यमा तथा उपप्रधान सरिता सुब्बा अनि वार्ड सदस्या मलिका तामाङको विषेश उपस्थितिमा सिभिक एकशन कार्यक्रममा सोलार लाइट तथा सोलार ल्याम्प वितरण गरेको हो आज रङ्गीत-मजुवास्थित प्रतिज्ञा सार्वजनिक भवनमा सम्पन्न मजुवा ग्राम पञ्चायतको आयोजनामा  सशस्त्र सिमा बल 36 वाहिनी गेजिङ अन्तर्गत मानेभञ्ज्याङ बीओपी शाखाद्वारा सिभिक एकशन प्रोगाम नामक कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा मानेभञ्ज्याङ बीओपी शाखा एसआई अर्जुन छेत्री, भूतपूर्व एएसआई विजय लेप्चा आदिको विषेश उपस्थिति रहेको थियो। आजको कार्यक्रममा सिभिक एकसन प्रोगाम अन्तर्गत जम्मा 20 परिवारलाई सोलर ल्याम्प प्रदान गरियो भने अन्य तीनवटा स्ट्रिट सोलर-लाईट ग्राम पञ्चायत प्रधान र‍ोगेन वाङ्दी लेप्चालाई हस्तान्तरण गरेकोछ। कार्यक्रममा यस मजुवा क्षेत्र सिमावर्ती क्षेत्रमा पर्नेभएको कारण सशस्त्र सिमा बलद्वारा विभिन्न कार्यक्रमहरू गर्दै आईरहेको अनि धेरै योजनाहरू अन्तर्गत अन्य अरू कार्यक्रमहरू गर्दै जाने जनाएका छन्।

 कार्यक्रमका प्रमुख अतिथि मझुवा ग्राम पञ्चायत प्रधान रोगेन वाङ्दी लेप्चाले अति नै सुन्दर अनि लाभदायक कार्यक्रमको आयोजना गरेर मजुवा क्षेत्रलाई विकासको मार्गमा अघि बढ्न मदत गरेकोमा सशस्त्र सीमा बल 36 वाहिनीलाई धन्यवाद प्रकट गरेका छन्। विगत धेरै वर्षहरूदेखि सशस्त्र सीमा बल 36 वाहिनीले मझुवा क्षेत्रमा नि:शुल्क स्वस्थ जाँच शिविर, भेटिनेरी क्याम्प, स्किल डेभलपमेन्ट कार्यक्रम लगायत विभिन्न जनसम्पर्क कार्यक्रमहरूको आयोजना गर्दै आईरहेका छन् भने यस कार्यक्रमबाट क्षेत्रका मानिसहरू धेरै लाभान्वित भईरहेको पनि उनले बताएका छन्। आगामी दिनहरूमा पनि यस्तै महत्त्वपूर्ण कार्यक्रमहरूको आयोजना गरेर यस क्षेत्रका मानिसहरूलाई विकासको मार्गमा अग्रसर हुनुमा मदत गरिदिने पनि ग्राम पञ्चायत प्रधान लेप्चाले अनुरोध गरेका जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ