मिड्ल सोरेङ आईजीजेएफ-को सभा

Share this news

पेशोक, 11 जनवरी(निसं):इण्डियन गोर्खा जनशक्ति फ्रण्ट्-को तक्लिङ-पेशोक समष्टिको एक आकम्स्मिक सभा मिड्ल सोरेङ स्थित मनोज घिसिङको घर द्लानमा समष्टि अध्यक्ष किरण राईको अध्यक्षतामा सम्पन्न भएको समष्टि सुत्रले जनाएकोछ। समष्टि सुत्र अनुसार, हिजो सम्पन्न भएको उक्त आईजीजेएफ तक्लिङ-पेशोक समष्टिको सभामा विशेष गरेर समाज भित्र रहेका बेथिति , भ्रष्टाचार, विविध अनियमिततासँगै सामजिक समस्याहरु माथि निक्कै लामो विचार विमर्श गरिएको थियो भने आईजीजेएफका प्रमुख संयोजक अजय एड्वर्ड्सको भिजन, कार्यशैली, समाज प्रतिको समपर्ण देखेर नै सोरेङ बस्ती क्षेत्रका युवा जमातको झुकाव रहेको बारे उक्त सभामा जानकारी गराईएको थियो। समय सापेक्ष,अबोप्रान्त नैतिक अनि भौतिक रूपमा समर्थन गर्ने औ समस्याले ग्रस्त समाजलाई निकास तर्फ लैजान राजनैतिक संघर्ष आईजीजेएफको मञ्चबाट गरिने उक्त सभामा मनोज घिसिङले आफ्नो मत व्यक्त गरे। यसै परिप्रेक्ष्यमा वर्तमान पहाड्को समस्या, राष्ट्रिय दलहरुको बल मिचाई, सत्तारुढ पहाड्को राजनैतिक दलले गरेको विविध बिषय बारे पनि उक्त सभामा गहन चर्चा परिचर्चा पश्चात् आगामी दिनमा आईजीजेएफ-संँग सङ्गलग्न रहेर समष्टिको हरेक कार्यहरुमा हात र साथ दिएर नि:स्वार्थ भावना लिएर आईजीजेएफ-लाई सहयोग गर्ने विचार मनोज घिसिङ अनि समुहले सभामा राखेको सुत्रले जनाएकोछ ।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ