दार्जीलिङ, 10 जनवरी(निसं): दार्जीलिङ जिल्ला अस्पतालमा सञ्चालन हुने जेनेरेटरमा लगाउने डिजल नभएकोले हिजो बिहिबारको दिन जिल्ला अस्पतालमा व्यापक समस्या भएको कुरा उठाउँदै इन्डियन गोर्खा जनशक्ति फ्रन्ट (आइजीजेएफ) युवा नेता राब्गे राईले जीटीए )गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन) सत्तामा आसिन नेतृत्वहरूमाथि धाधली अनि लापरवाही गरेको आरोप लगाउँदै अब उसो जिल्ला अस्पतालमा बिजुलीबत्ती नभएको समय जेनेरेटर-मा चाहिने डिजल इन्डियन गोर्खा जनशक्ति फ्रन्ट प्रमुख संयोजक अजय एडवर्डले प्रदान गर्नेछ भनी सार्वजनिक गरेका छन्।
शुक्रबार आइजीजेएफ युवा नेता राब्गे राईको नेतृत्वमा दार्जीलिङ जिल्ला अस्पताल प्रशासनसित भेट गर्दै यस प्रकारको घटना नदोरियोस् भनी अनुरोध गरिएको जानकारी राब्गे राईले गराएका छन् ।दार्जीलिङ जिल्ला अस्पतालको प्राङ्गणबाट बोल्दै आइजीएफ नेता राब्गे राईले भनेका छन्, हिजो बिहिबारको दिन विद्युत विभागद्वारा विद्युत सम्बन्धी मर्मती कार्य भएकोले दिनभरि नै दार्जीलिङ जिल्ला अस्पतालमा बिजुली आउन सकेन त्यस समय जिल्ला अस्पतालको जेनेरेटर पनि नचलेकोले निकै खैलाबैला साथै रोगीहरू माथि थप समस्या उत्पन्न भएको जानकारी प्राप्त भएपछि यसबारे बुझ्न जिल्ला अस्पताल प्रशासनसित भेट गर्यौ।
जिल्ला अस्पतालमा भएको जेनेरेटरमा लगाउने डिजल नभएकोले जेनेरेटर चालु नभएको बुझियो किनभने डिजल किन्न धेरै समयदेखि रुपियाँ भुक्तान नगरिएकोले डिजल ल्याउन नसकेको जानकारी प्राप्त भएको छ। यसबाट स्पष्ट भयो कि दार्जीलिङ जिल्ला अस्पतालमा धाँधली गर्न नसक्ने भएकोले डिजलको कुनै व्यवस्था नगरिएको यदि डिजल व्यवस्थापनमा कमिसन खान पाउने भएको भए यहाँ डिजलमा यस प्रकारको त्रुटी देखिने थिएन। उनले भने, करोडौं रुपियाँको शिलान्यास गरिरहेको छ भने एकातिर जिल्ला अस्पतालमा डिजलको कमीले गर्दा अस्पतालमा भर्ना भएका रोगीहरूलाई थप अर्को समस्या भइरहेको छ। विशेषगरी डायलोसिस,एमर्जेन्सी विभाग, अपरेसन थिएटर, सीटी स्क्यान अनि एक्सरे जस्तो अत्यावश्यक विभागहरूमा धेरै समस्या उत्पन्न भएकोले गरिब जनसाधारणलाई धेरै मार्का परेको छ। उनले भने, जिल्ला अस्पताल जस्तो एउटा संवेदनशील विभागलाई जीटीए पावरफुल छ भन्ने जीटीएका प्रशासकहरुले गरीब बिमारीहरूको जीवनमाथि खेलवाड साथै अन्याय गरेको महसुस भएको छ, अब जनता चनाखो हुनुपर्छ अनि यसप्रकारको जीटीए सञ्चालक तथा प्रशासन व्यवस्थालाई जरैसित निकाल्नुपर्छ भन्दै राब्गे राईले जनसाधारणलाई आवान गरेका छन्।












