गोर्खा सांस्कृतिक संस्थानको सभा सम्पन्न

Share this news

खरसाङ, (निसं) : गोर्खा सांस्कृतिक संस्थान खरसाङ्को सभा गोर्खा सांस्कृतिक चिन्तन भवन, आईएनए बस बिसौनी परिसरमा संस्थानकी अध्यक्ष आशा मुखिया लामाको अध्यक्षतामा सम्पन्न भयो। संस्थानकी मूल-सचिव प्रणिता मुखियाले सञ्चालन गरेको सभामा अध्यक्षको अनुमतिसहित सभालाई सञ्चालन गर्दै सचिवले गत 28 दिसम्बर 2025 को दिन बसेको सभाका पारित प्रस्तावहरूलाई अनुमोदन गर्न अनि संस्थानका आगामी कार्यक्रमहरूको विस्तृत रूपरेखा तयार गर्नको निम्ति आजको सभा डाकिएको जनाइन्‌‍।

गत सभामा गोर्खा सांस्कृतिक संस्थान, खरसाङ्को प्रत्येक वर्ष विभिन्न स्तरमा सम्पन्न गरिने गोर्खा नव-वर्ष पहिलो वैशाखको आयोजना मूख्य रहेकोले यसवर्ष नव-वर्ष 2083 लाई भव्य स्वागत जनाउँदै दुइ दिवसीय कार्यक्रम पहिलो र दोस्रो वैशाख 2083 का दिनहरूमा सम्पन्न गर्ने सभामा सर्वसम्मतिले निर्णय लियो। सभामा 1 गते वैशाख 2083 तदानुसार 14 अप्रेल 2026 को दिन खरसाङ अनि वरिपरि क्षेत्रका सम्पूर्ण संघ-संस्था, जातगोष्ठी समुदाय, पाठशाला, महाविद्यालयका छात्र-छात्रा, सरकारी, गैरसरकारी प्रशिक्षण केन्द्रका प्रशिक्षणार्थीहरूलाई समावेश गरेर जातीय पोशाकमा सज्जिएर नव-वर्षलाई गीत,संगीत अनि नृत्य अनि नौमतीले सुस्वागत जनाउँदै विराट अनि भव्य सांस्कृतिक शोभायात्राको आयोजना गर्ने सभामा सर्वसम्मतिले निर्णय लिइयो।

सभामा शोभायात्रा सम्पन्न भएपछि स्थानीय पार्क लोकेसनको सार्वजनिक भवनमा गोर्खा नेपाली जातिका सांस्कृतिक धरोहर, वरिष्ठ लोक संगीतकार नरेन गुरूङ, ‌‘पद्मश्री‌’, गान्तोक, सिक्किमलाई गोसांसको पक्षबाट सम्मान गर्ने निर्णय सभामा लिइयो। उसैगरि आफ्नो सम्पूर्ण जीवन सारङ्गीमा अर्पेर जीवन धान्ने व्यवसाय पनि सारङ्गीलाई मानेर जीवनयापन गर्ने वरिष्ठ सारङ्गीवादक प्रेम गन्धर्व, खरसाङलाई ससम्मान सम्वर्द्धना जनाउने निर्णय सभाले पारित गरेको छ। त्यसरी नै सभामा 15 अप्रेल 2026 को दिन सोही भवनमा “जातीय खाद्धोत्सव” अनि “लोक संगीतमय साँझ” को आयोजन हुनेछ जसमा दर्शक, श्रोताहरूले सुहाउँदिलो दरमा नाना थरीका जातीय आहारको स्वाद लिँदै, संगीतमय वातावरणमा रम्दै सम्मानित व्यक्तित्वहरू अनि लोकसंगीत लोक जगतका वरिष्ठ कलाकारहरूबाट संगीतको रसास्वादन गर्न सक्नेछन्‌‍।

सभामा गोर्खा सांस्कृतिक संस्थान, खरसाङ्को स्थापनाकालदेखिको गुरू गोरखनाथको मूर्ति स्थापना गर्ने परिकल्पना आजपर्यन्त साकार हुन नसकेको तथ्य आध्यक्षा आशा मुखिया लामाले सभामा राखिन्‌‍। भारतमा हामी गोर्खाहरू डेढ़ करोड़भन्दा अधिक संख्यामा छौँ भने प्रत्येकले एक रूपियाँको दरले अनुदान दिए पनि डेढ़ करोड़ रूपियाँ संकलन गर्न सकिन्छ। यसैले सकरात्मक सोंच लिएर दीर्घकालीन गुरू गोरखनाथको मूर्ति स्थापना गर्ने अधुरो सपनालाई यसपल्ट सबै मिलेर साकार तुल्याउने आह्वान सभामा गरिन्‌‍। सभामा उपस्थित सदस्यहरूले जोड़दार करतलध्वनीले यो सुझावलाई स्वागत जनाए। मूर्तिको अनावरण पनि नव-वर्ष पहिलो वैशाख 2083 को दिन गर्ने सर्वसम्मतिले पारित गरिएको छ। सभामा वरिष्ठ समाजसेवक तिलक शर्माले गुरू गोरखनाथको मूर्ति निर्माणको सुझावलाई स्वागत जनाउँदै तत्कालै आफ्नो तर्फबाट रूपियाँ 1 हजार 1 रुपियाँ मात्र अनुदान स्वरूप दिएर उक्त अभियानलाई सहयोगको हात बढ़ाएका छन्‌‍।

सभामा गुरू गोरखनाथको मूर्ति बाग्राकोट निवासी वरिष्ठ मूर्तिकार अमीर सुन्दासबाट निर्माण गरिने सभाले तय गर्यो। अतः सभाले अमीर सुन्दाससित मोबाइलबाट कुराकानी गरेपछि सदस्यहरू बाग्राकोट जाने निश्चय भयो। सुन्दासलाई भेटेर प्राप्त रूपियाँ एक हजार एकले उनलाई मूर्ति निर्माणको निम्ति बैना मारेको जानकारी अध्यक्षा आशा मुखिया लामाले दिएकी छन्‌‍। सभामा गोर्खा सांस्कृतिक संस्थान, खरसाङ्का सदस्यहरूले यथाशक्ति आर्थिक अनुदान दिएर मूर्ति निर्माण अभियानलाई सफल तुल्याउने जमर्कोमा दिलोज्यानले लागिपरेको तथ्य सचिव प्रणिता मुखियाले बताएकी छन्‌‍। सभामा गोर्खा जातिका प्रतिक पुरूष गुरु गोरखनाथको मुर्ति निर्माण अभियानमा आर्थिक सहयोगको निम्ति खरसाङ वरिपरिका सम्पूर्ण संघ संस्था जातगोष्ठी समुदायहरूसित पत्राचार सम्पर्क गरेर निवेदन टक्र्याउने अनि व्यवहारिकतालाई मध्यनजर राखेर गोसांसको ‌‘क्यू आर कोड‌’ सबैसित साझा गर्ने निर्णय पनि सभामा सर्वसम्मतिले पारित गरिएको छ। सभामा मूर्ति निर्माण अभियानमा सहयोगी-अनुदाता अथवा संघ-संस्था जसले रूपियाँ पाँच हजारभन्दा बढ़ी रकम अनुदान प्रदान गर्छन्‌‍ उनीहरूको शुभनाम मार्बलमा कुँदिने पनि सभाले निर्णय लिएको छ। सभामा पहिलो वैशाखको सम्पूर्ण आयोजनालाई सफलीभूत तुल्याउँनको निम्ति विभिन्न निकायहरूसित सम्पर्क राख्ने निर्णय सभामा लिइएको जानकारी प्राप्त भएको छ।


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ