अप्पर रेलिङमा स्वस्थ्य जाँच शिविर सम्पन्न 

Share this news

रेलिङ, 4 जनवरी (निसं): रेलिङ ग्राम पञ्चायत अधिनस्त अप्पर रेलिङमा कालेबुङ दृष्टि फाउण्डेशन-को मुख्य आयोजनामा तथा रेलिङ गाउँ सुधार समाज( पूर्व धर्म समाज)-को सहयोगमा क्षेत्रमा मानिसहरू लिएर नि:शुल्क एक दिने स्वास्थ्य जाँच शिविरको आयोजना गरेको छ। स्थानीय
गुम्बाटार( देवानीटार) स्थित रेलिङ गाउँ सुधार समाज( पूर्व धर्म समाज )-को निज भवनमा भएको शिविरमा कालेबुङ दृष्टि फाउन्डेसनका सभापति डा.अब्दुल हक , सचिवा  कल्पना छेत्री, जनरल फिजिशियन एमडी डाक्टर डीके ब्यानर्जी, ल्याप टेक्नीशियन वाशिम अकरम , सदस्य मोहम्मद कमरूद्दीन  आदिको विशेष उपस्थिति रहेको थियोे। कालेबुङ दृष्टि फाउण्डेशनका सचिवा कल्पना छेत्रीले भनेका छिन्, गाउँ सुधार समाजले सार्वजनिक भवनको उपलब्ध गराएर हामीलाई धेरै सहयोग पुराई दिनु भएकोमा आभारी छौं। उक्त शिविरमा आँखाका रोगीहरूले नि:शुल्क रूपमा आँखा जचाँए भने आवश्यक परेकाहरूलाई डाक्टरको परामर्श अनुसार शुलभ मुल्यमा चस्मा पनि लिएका छन। यसका साथै जनरल फिजिशियन डक्टारद्वारा रोगीहरूको रोग जाँच गरेर नि:शुल्क रूपमा दवाई प्रदान गरेको छ। यस नि:शुल्क शिविर सफल बनाउन कालेबुङ दृष्टि फाउण्डेशनप्रति रेलिङ गाउँ सुधार समाज( पूर्व धर्म समाज)का सचिव जीवन गुरूङले कृतज्ञता प्रकट गरेको जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ